News Portal

अम्बिका भण्डारीको नयाँ तीज गीत “हो कि होइन जूनकीरी” सार्वजनिक (भिडियो सहित)

कमल सिंह
८८६ पटक

काठमाण्डौ। कवि तथा गायिका अम्बिका भण्डारीको बिल्कुलै नयाँ तीज गीत हालै मात्र सार्वजनिक भएको छ।

मोती डिजिटल स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “हो कि होइन जूनकीरी” बोलको उक्त तीज गीतमा लय, शब्द तथा स्वर गायिका भण्डारीकै रहेको छ।

झण्डै दर्जन बढी साहित्यिक संघसंस्थामा आवद्धता रहेकी भण्डारीले आधा दर्जन बढी कृतिहरू, दर्जन बढी गीतहरु कोरेकी छन् भने, एक सय भन्दा धेरै फुटकर लेख रचना पनि लेखेकी छन्। उनले ऋषिराम रानाभाट स्मृति पुरस्कार (२०७२), लोककवि अलिमिया प्रतिभा पुरस्कार (२०७६) तथा तीन दर्जन बढी अन्य पुरस्कार मार्फत सम्मान पाएकी छन्।

युवराज भण्डारीको निर्देशनमा रहेको उक्त गीतमा धर्मदत्त दाहालको अभिनय, करुणा भण्डारी, कुलमाया क्षेत्री, सविना सुवेदी, विष्णुमाया पराजुली, मिष्मा थापा मगर, रश्मी भण्डारीको नृत्यलाई शुशिल अधिकारीले भिडियो छायाँकन गरेका हुन् भने युवराज अधिकारीले सम्पादन गरेका हुन्।

यस गीतको एरेन्ज दिबस थापा मगरले गरेका हुन भने, रेकर्डिङ बासुरी स्टुडियोमा गरिएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...