News Portal

कोशीमा आगो लाग्यो, किरात नाम राखौं – विश्लेषक बराल

हिमालीसंचार संवाददाता
४८० पटक

आइतबार, साउन २८, मोरङ – पत्रकार तथा विश्लेषक भवानी बरालले प्रदेश नं. १ को नाम राखिएपछि कोशीमा आगो लागेकोले अब किरात प्रदेश नाम राख्न आम पत्रकारहरुले जनमत तयार गर्नुपर्ने बताएका छन् ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४औं स्थापना दिवसको अवसरमा विराटनगरमा आज आइतबार आयोजित ‘पहिचान आन्दोलन र अबको बाटो’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा बरिष्ठ पत्रकार बरालले सो कुरा बताएका हुन् । पत्रकार बरालले कोशी नाम राख्नुपर्छ भनेर एकै जनाले पनि माग नगरेको कारण जबरजस्ति कौशिक ऋषि कोशी प्रदेशको नाम दालिएकै दिनबाट आगो लाग्न सुरु गरेको समेत बताए। 

प्रदेशको नाम किरात राखौं भन्दा गाली र तालि दुबै आउने गरेपनि किरात नाम आएपछि लिम्बुवान, कोचिला, शेर्पालुङ वा अन्य विशेष क्षेत्रको अधिकार लिन सकिने बरालको तर्क थियो । 

प्रदेश नं. २ को नाम मधेश राखेर अग्रगमन भएजस्तै किरात नाम राखिए पहिचानवादीहरुको लागि खुट्टा टेक्ने ठाउँ हुने र प्रदेश अग्रगमनको बाटोमा अघि बढ्ने विश्लेषक भवानी बरालको धारणा रहेको थियो ।

पत्रकार बरालले २००७, २०४६ र २०६२÷०६३ मा जनताको अधिकार स्थापनाको आन्दोलनमा पत्रकारहरुले जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कोशी खारेजी र पहिचानको आधारमा पुनः नामकरण गर्न पत्रकार लाग्नुपर्ने बताए ।

नेपालको निर्वाचन जित्न भीसीआर (भटमास, चिउरा र रक्सी) वितरणमा भर पर्ने भएको बताउदै पत्रकार बरालले आन्दोलनकै माध्यमबाट कोशी नाम खारेजी हुनुपर्ने तर्क प्रस्तुत गरे । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिको अध्यक्ष लिलाबल्लब घिमिरेले पनि प्रदेशको नाम किरात कोशी भए सबैलाई स्वीकार्यहुने विचार प्रस्तुत गरेका थिए । 

किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले नाम के राख्ने भनेर प्रदेश नं.१ पुनः नामङ्कन संयुक्त संघर्ष समितिलाई नाम माग गरे तुरुन्त दिइने बताएका थिए । फोनिजको संघीय अध्यक्ष गजुरधन राईको सभापतित्वमा भइरहेको कार्यक्रममा विश्लेषकहरु प्रा.डा. महेन्द्र लावती, खगेन्द्र संग्रौला, डम्बर खतिवडा समेतको उपस्थिति रहेको छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...