News Portal

आर्थिक अभावले उपचार हुन सकेन

रबिन्द्र बराल
२९९ पटक

श्रावण २६ शुक्रबार २०८०,मोरङ। माेरङकाे रंगेली नगरपालिका ५ आमगाछीस्थित रावन चाेक नजिकै बर्षाेदेखि बसाेवास गर्दे आईरहेका बिष्णु माेचीका १२ बर्षका छाेरा रुपेश माेचीलाई उपचार गर्ने आर्थिक अभाव कारणले गर्दा उनको उपचार हुन सकेको छैन।

बिगत ४ बर्षदेखी उनकाे मुटुमा समस्या आएपछि आमा लासाे माेचीले १२ बर्ष छाेराकाे सामान्य उपचार गराएता पनि आर्थिक अभावका कारणले गर्दे राम्रो ठाउँमा लगेर उपचार गराउन सकेकाे उनलेे बताईन।

४ घुर ओैलानी जग्गामा बसाेवास गर्दे आईरहेका ५ परिवार अहिले आफ्नो कान्छाे छाेराकाे उपचारका लागि छट्पटी रहेका छन। रुपेशका बुबा बिष्णु माेची बिगत ४ बर्ष देखि भारतकाे केरलामा राेजगारीका लागि गएका छन।

उनकाे कमाईले घरमा रहेका दुई छाेरा र दुई छाेरी सहित ५ परिवारलाई पालनपोषण गर्ने मात्रै पुग्ने र उनको श्रीमती समेत गाउँघरमा जनमजदुरी गरेर आफ्नो परिवारलाई दुख:सुख गरेर पालनपोषण गरिरहेकाे तर आफ्नो कान्छाे छाेरालाई उपचारका लागि उनले माेरङका विभिन्न अस्पतालहरुमा उपचार गराएता पनि त्यहीँबाट डाक्टरकाे सल्लाह अनुसार राम्रो अस्पताल लैजान सुझाव दिएता पनि आर्थिक अभावका कारणले गर्दा घरमै राख्न बाध्य रहेका छन।

उनको मुटुको समस्या भएको कारणले गर्दा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौ र कान्ति बालअस्पताल महाराजगञ्ज काठमाडौंमा लगेर थप उपचार गर्नुपर्ने भएका कारण उनीहरुकाे आर्थिक अवस्था नाजुक भएकोले उपचारमा सहयोग गर्ने सबैलाई अनुरोध समेत गरिरहेका छन।

मुक्तिनाथ बैंकमा लासाे देवी माेचीकाे नाममा रहेको खाता नम्बर 14122300804715000001 सहयोग गर्न समेत अपिल गरेकी छन।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...