News Portal

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ

हिमालीसंचार संवाददाता
२३१ पटक

मकवनपुर – चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ।
चोरीको सुन खरिद गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहको पूर्ण शाक्य एण्ड सन्सबाट एकजना पक्राउ गरेको जनाएको छ। चोरीको सुन, चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो ।

उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद प्रहरीले जनाएको छ।कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेका थिए । चोरी गरेको गहना पूर्ण शाक्यमा ल्याएर उनले विक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ।                     

दिनेशले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट विक्री गरेको देखिएको छ। उनले शाक्यले विल विनाकै गहना खरिद गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा दायर गरेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...