News Portal

लघु चलचित्र “परदेशी संयोग” सार्वजनिक (भिडियो)

हिमालीसंचार संवाददाता
९०८ पटक

मकाउ। परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति झल्कने र लाखौं बिदेशिएका नेपालीहरुको कथामा आधारित लघु चलचित्र “परदेशी संयोग” शुदर्शन थापा मगरको निर्माण, राम पोखरेलको निर्देशन /कथा/पटकथा/ सम्पादन, डोन मगरको भिडियो ग्राफी साथै मुख्य कलाकारहरु संगिता खनाल (अधिकारी), शुरज अधिकारि, राम राना मगर, त्रीपक श्रीष मगर, निर्मला राना मगरलगायतका थुप्रै कलाकारहरुसहित All Entire Team को साथमा दु:ख मेहनतले बनाएको लघु चलचित्र July 30 आइतबारका दिन Hotel L’Arc मा Premiere Show संपन्न भएको छ।

उक्त Premiere Show मा बहुसंख्यक नेपालीहरुको उपस्थिति थियो। सबैको राम्रो प्रतिक्रिया पाएपछी निर्देशक राम पोखरेलले आफुले गरेको मेहनत खेरा नगएको प्रतिक्रिया दिए। साथै यो फिल्मले बिदेशमा रहने सबै नेपालीहरुले आफुलाइ कहिँ न कहिँ यो फिल्म भित्र पाउने उनले बताए।

समग्रमा यो चलचित्रले बिदेशिएका लाखौं नेपालीहरुलाइ सकारात्मक सन्देशसहित बिदेशमा रहँदा कसरी आफुलाइ चलायमान बनाउनुपर्छ र कसरी आफू सुरक्षीत रहनुपर्छ भन्ने सन्देश दिने निर्देशकले बताए।

भिडियो हेर्नुहोस्:-

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...