News Portal

मोरङको रंगेली नगरपालिकाले बैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवालाई तालिम प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२९१ पटक

श्रावण १९, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले  वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुलाई हाउस वाईरिङ सिपमुलक तालिम प्रदान गरेका छन्। पुन:एकीकरण कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम संचालन गरेको थियो ।

नगरले युवाहरुलाई नेपालमै बसेर आफ्नो दक्षता अनुसार  आत्मा निर्भर बनाउने उदेश्यका साथ रंगेली नगर भरिका २० जना  बैदेशीक रोजगारबाट घर फर्केर आएका र बेरोजगारी भएर बसिरहेका युवाहरुलाई स्वदेशमै केहि गर्ने सक्ने विश्वासका साथ नगरले ३ महिने तालिमको आयोजना गरेको थियो। 

तीन महिनाको अबधिमा युवाहरुले तालिममा सहभागी भएर हउसवाइरिङ तालिम लिएका हुन । तालिम सम्पन्न भएपछि  नगरले सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे युवाहरुलाई प्रमाणपत्र तथा हाउस वाईरिङमा आवश्यक पर्ने, पिलास, पेचकस, हतौा लगायतका औजारहरु समेत वितरण गरिएको  थियो। 

कार्यक्रममा उपप्रमुख भुमा पराजुली, वडाअध्यक्ष ढक प्रसाद आचार्य, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, हेमन्ती देवी ठाकुर, लिल बहादुर राई, होमनाथ अधिकारी, अनिल पौडेल, बोलराम राजनी, मुरली मण्डल लगायतले सामाग्री समेत वितरण गरेका थिए।  

नगरपालिकाले युवाहरुका लागि सिपमुलक तालिम दिलाएर स्वदेशमै केही गर्नेका लागि नगरले यस्तो कार्यक्रममा सहभागी गराएर आत्मा निर्भर बनाएको खण्डमा आफुहरु असाध्यै खुशी भएको तालिममा सहभागी रुद बहादुर कार्कीले बताए। 

पछिल्लो समयमा नगरपालिकाले महिला, युवायुवती, दलित, एकल महिलालगायतलाई विभिन्न सीपहरुको तालिम सिकाएर बेरोजगारीहरुलाई सामान्य जिवन यापन समेत गर्ने सहज होस् भनेर नगरबासीहरुलाई यस्तो तालिमले आफुहरुलाई समेत काम गर्ने आत्माबल बढान सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद समेत सहभागीहरुले दिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...