News Portal

मोरङको रंगेली नगरपालिकाले बैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवालाई तालिम प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३३० पटक

श्रावण १९, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले  वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुलाई हाउस वाईरिङ सिपमुलक तालिम प्रदान गरेका छन्। पुन:एकीकरण कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम संचालन गरेको थियो ।

नगरले युवाहरुलाई नेपालमै बसेर आफ्नो दक्षता अनुसार  आत्मा निर्भर बनाउने उदेश्यका साथ रंगेली नगर भरिका २० जना  बैदेशीक रोजगारबाट घर फर्केर आएका र बेरोजगारी भएर बसिरहेका युवाहरुलाई स्वदेशमै केहि गर्ने सक्ने विश्वासका साथ नगरले ३ महिने तालिमको आयोजना गरेको थियो। 

तीन महिनाको अबधिमा युवाहरुले तालिममा सहभागी भएर हउसवाइरिङ तालिम लिएका हुन । तालिम सम्पन्न भएपछि  नगरले सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे युवाहरुलाई प्रमाणपत्र तथा हाउस वाईरिङमा आवश्यक पर्ने, पिलास, पेचकस, हतौा लगायतका औजारहरु समेत वितरण गरिएको  थियो। 

कार्यक्रममा उपप्रमुख भुमा पराजुली, वडाअध्यक्ष ढक प्रसाद आचार्य, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, हेमन्ती देवी ठाकुर, लिल बहादुर राई, होमनाथ अधिकारी, अनिल पौडेल, बोलराम राजनी, मुरली मण्डल लगायतले सामाग्री समेत वितरण गरेका थिए।  

नगरपालिकाले युवाहरुका लागि सिपमुलक तालिम दिलाएर स्वदेशमै केही गर्नेका लागि नगरले यस्तो कार्यक्रममा सहभागी गराएर आत्मा निर्भर बनाएको खण्डमा आफुहरु असाध्यै खुशी भएको तालिममा सहभागी रुद बहादुर कार्कीले बताए। 

पछिल्लो समयमा नगरपालिकाले महिला, युवायुवती, दलित, एकल महिलालगायतलाई विभिन्न सीपहरुको तालिम सिकाएर बेरोजगारीहरुलाई सामान्य जिवन यापन समेत गर्ने सहज होस् भनेर नगरबासीहरुलाई यस्तो तालिमले आफुहरुलाई समेत काम गर्ने आत्माबल बढान सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद समेत सहभागीहरुले दिएका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...