News Portal

मोरङको रंगेलीमा सडकको डिभाइडरमा नील काँडको विरुवा रोप्न शुरु

नेकपा एमालेको ६५ हजार खर्चमा विरुवा रोपन शुरु!

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
४०३ पटक

श्रावण, १४ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकाको हुलाकी सडकलाई सुन्दर र हराभरा बनाउने उदेश्यका साथ  नगरपालिकाले बृक्षा रोपण अभियान सुरु गरेको छ ।

रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने ७ किलोमिटर सडकको डिभाईडरमा बृक्षा रोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको थियो । नगरले सुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै एमाले रंगेलीले वृक्षारोपण गरिएको स्थानमा गोडमेल र सौन्दर्यकरणका लागि निल काँडाको विरुवा रोप्न सुरु गरेको हुन् ।  

एमाले रंगेलीको आयोजनामा काली मन्दिर अगाडीबाट निल काँडाको विरुवा रोप्न सुरु गरिएको हो । कार्यक्रममा   प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले सुभारम्भ गरेका थिए। सांसद पोखरेलले रंगेलीलाई समृद्ध बनाउन आफ्नो पार्टीको पूर्ण साथ रहने र नगरपालिकाको चौतर्फी विकासको अभियानमा नेकपा (एमाले) पनि सहभागी हुने बताए । 

नगरपालिकाले बजार क्षेत्रमा वृक्षारोपण गर्दै रंगेलीलाई हरित नगरी बनाउन गरिएको सौन्दर्यकरणका लागि राजनीतिक दलहरुको तर्फबाट थोरै भए पनि योगदान गर्न चाहेको र त्यसै अन्तर्गत निल काँडा रोपिएको पोख्रेलले बताए । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, युवा नेता मनोज अग्रवाल, स्थानीय, सुरक्षाकर्मी बुद्धिजीवी लगायतको उपस्थिति समेत रहेको थियो । 

नगरपालिकाले वेतौनादेखि मधुवनीसम्मको ५ किलोमिटर सम्ममा वृक्षारोपण गरेको हो । सो क्षेत्रमा थप सौन्दर्यका लागि नेकपा एमाले पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोप्ने अभियान शुरु गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...