News Portal

मोरङको रंगेलीमा सडकको डिभाइडरमा नील काँडको विरुवा रोप्न शुरु

नेकपा एमालेको ६५ हजार खर्चमा विरुवा रोपन शुरु!

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३६२ पटक

श्रावण, १४ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकाको हुलाकी सडकलाई सुन्दर र हराभरा बनाउने उदेश्यका साथ  नगरपालिकाले बृक्षा रोपण अभियान सुरु गरेको छ ।

रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने ७ किलोमिटर सडकको डिभाईडरमा बृक्षा रोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको थियो । नगरले सुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै एमाले रंगेलीले वृक्षारोपण गरिएको स्थानमा गोडमेल र सौन्दर्यकरणका लागि निल काँडाको विरुवा रोप्न सुरु गरेको हुन् ।  

एमाले रंगेलीको आयोजनामा काली मन्दिर अगाडीबाट निल काँडाको विरुवा रोप्न सुरु गरिएको हो । कार्यक्रममा   प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले सुभारम्भ गरेका थिए। सांसद पोखरेलले रंगेलीलाई समृद्ध बनाउन आफ्नो पार्टीको पूर्ण साथ रहने र नगरपालिकाको चौतर्फी विकासको अभियानमा नेकपा (एमाले) पनि सहभागी हुने बताए । 

नगरपालिकाले बजार क्षेत्रमा वृक्षारोपण गर्दै रंगेलीलाई हरित नगरी बनाउन गरिएको सौन्दर्यकरणका लागि राजनीतिक दलहरुको तर्फबाट थोरै भए पनि योगदान गर्न चाहेको र त्यसै अन्तर्गत निल काँडा रोपिएको पोख्रेलले बताए । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, युवा नेता मनोज अग्रवाल, स्थानीय, सुरक्षाकर्मी बुद्धिजीवी लगायतको उपस्थिति समेत रहेको थियो । 

नगरपालिकाले वेतौनादेखि मधुवनीसम्मको ५ किलोमिटर सम्ममा वृक्षारोपण गरेको हो । सो क्षेत्रमा थप सौन्दर्यका लागि नेकपा एमाले पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोप्ने अभियान शुरु गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...