News Portal

काठमाडौं महानगरपालिकाले कमलादीको स्काइवाक टावरको निर्माण सामग्री गुणस्तरको मापन गर्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४३ पटक

आइतबार, साउन-१४/काठमाडौं – काठमाडौं महानगरपालिकाले हालै संचालनमा आएको कमलादीस्थित स्काइवाक टावरमाथि छानविन गर्ने भएको छ । महानगरपालिकाले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको हो ।

काठमाडौ स्थित कमलादीमा संचालनमा आएको दक्षिण एशियाकै अग्लो टावर रहेको दावि गरिएको उक्त स्काईवाक टावर ७८.५ मिटर अग्लो छ । स्काइवाल टावर निर्माण सम्पन्न भई पुर्ण रुपमा संचालनमा आएपछि प्रतिव्यक्ति शुल्क १ हजार रुपैयाँ तिरेर टावर चढ्न पाउने व्यवस्था गरिएको छ । स्काइवाक  टावरमा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर, नक्सार, पार्किङलगायत संरचना भएनभएको प्राविधिक विषयलाई ध्यानमा राखेर छानविन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

हालै संचालनमा आएको उक्त टावर वन्डर्स नेपाल प्रालिले निर्माण गरेको हो । यसको कुल २२ तलासम्म निर्माण गरिएको उक्त टावरमा दुई ओटा लिफ्ट, एमपी थिएटरलगायतका सुविधा रहेको छ। 

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...