News Portal

नेपालगन्जमा श्रावण १९ मा “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुँदै

हिमालीसंचार संवाददाता
६९० पटक

बाँके। नेपालगन्ज र कोहलपुरको मध्यम भागमा रहेको ह्याप्पी वर्ल्ड वाटर फन एन्ड एम्युजिमेन्ट पार्कमा यहि श्रावण १९ गते शुक्रबारका दिन “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुने भएको छ।

मेडली इभेन्ट र एक्स जेरेनेसनको संयुक्तमा यो वाटर फोसिवलको आयोजना हुदैछ। उक्त कार्यक्रममा बाँके जिल्लाका युवाहरुलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गर्न लागेको बताईएको छ।

बिगतका दिनमा पनि संयोगजंग शाहले युवामाझ विभिन्न कार्यक्रमको आयोजना गरि बेग्लै छाप बनाएका छन्। “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रममा राष्ट्रिय स्तरदेखि स्थानीय स्तरका कलाकारको प्रस्तुति रहने बताएको छ।

कार्यक्रममा प्रवेश शुल्क ५०० राखिएको छ। उक्त शुल्कमा प्रवेश मात्र रहेको आयोजकले बताएका छन्। प्रवेश पछि दर्शकले कार्यक्रम अवधिभरी विभिन्न स्टल स-शुल्क मनोरञ्जन गर्न पाउने बेबस्ता गरेको छ भने दर्शकको ध्यान केन्द्रिय गर्न र भरपुर मनोरञ्जन प्रदान गर्न आयोजकले विभिन्न गेम तथा म्युजिकल कार्यक्रम रहेको जनाएका छन्।

मेडली इभेन्ट अन्तराष्ट्रिय स्तरका कलाकारहरु नेपाल भित्रिएर यस्ता कार्यक्रम गर्दै आएको मुलुककै एक मात्र इभेन्ट कम्पनी हो भने, एक्स जेनेरेसन पश्चिम नेपालमा यस प्रकारको कार्यक्रम गर्ने एकमात्र इभेन्ट कम्पनी हो। मेडली इभेन्ट र एक्स जेनेरेसनले लामो समय देखि सहकार्य गर्दै आएका छन् भने अगामी दिनमा विषेश कार्यक्रमको तालिका रहेको आयोजक कमिटीले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...