News Portal

नेपालगन्जमा श्रावण १९ मा “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुँदै

हिमालीसंचार संवाददाता
७१४ पटक

बाँके। नेपालगन्ज र कोहलपुरको मध्यम भागमा रहेको ह्याप्पी वर्ल्ड वाटर फन एन्ड एम्युजिमेन्ट पार्कमा यहि श्रावण १९ गते शुक्रबारका दिन “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुने भएको छ।

मेडली इभेन्ट र एक्स जेरेनेसनको संयुक्तमा यो वाटर फोसिवलको आयोजना हुदैछ। उक्त कार्यक्रममा बाँके जिल्लाका युवाहरुलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गर्न लागेको बताईएको छ।

बिगतका दिनमा पनि संयोगजंग शाहले युवामाझ विभिन्न कार्यक्रमको आयोजना गरि बेग्लै छाप बनाएका छन्। “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रममा राष्ट्रिय स्तरदेखि स्थानीय स्तरका कलाकारको प्रस्तुति रहने बताएको छ।

कार्यक्रममा प्रवेश शुल्क ५०० राखिएको छ। उक्त शुल्कमा प्रवेश मात्र रहेको आयोजकले बताएका छन्। प्रवेश पछि दर्शकले कार्यक्रम अवधिभरी विभिन्न स्टल स-शुल्क मनोरञ्जन गर्न पाउने बेबस्ता गरेको छ भने दर्शकको ध्यान केन्द्रिय गर्न र भरपुर मनोरञ्जन प्रदान गर्न आयोजकले विभिन्न गेम तथा म्युजिकल कार्यक्रम रहेको जनाएका छन्।

मेडली इभेन्ट अन्तराष्ट्रिय स्तरका कलाकारहरु नेपाल भित्रिएर यस्ता कार्यक्रम गर्दै आएको मुलुककै एक मात्र इभेन्ट कम्पनी हो भने, एक्स जेनेरेसन पश्चिम नेपालमा यस प्रकारको कार्यक्रम गर्ने एकमात्र इभेन्ट कम्पनी हो। मेडली इभेन्ट र एक्स जेनेरेसनले लामो समय देखि सहकार्य गर्दै आएका छन् भने अगामी दिनमा विषेश कार्यक्रमको तालिका रहेको आयोजक कमिटीले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...