News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४२५ पटक

कुवेत– नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे कार्यक्रम २८ जुलाई शुक्रबारका दिन कुवेतको सालमिया स्थित दम्फा हाेटलमा नबराज पन्थीको सभापतित्वमा नेपाली दूतावास कुवेतको प्रमुख अतिथि कार्यवहाक राजदूत सुजनी राना बिशेष अतिथिमा एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा नेपाली दूतावास कुवेतको प्रथम सचिव प्रेम गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, तृतिय सचिव रेवन्त केसी, श्रम सहचारी हेम कुमार अधिकारी ,आइसीसी सदस्य हरि लावती मध्य पूर्व उपसंयोजक अमित राई एनआरएनए-एनसीसी पुर्ब सदस्य माधव पौडेल बीईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ कुवेतस्थित विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे।

त्यसैगरी अतिथिमा कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि थिए। नेपाल पत्रकार महासंघ कुवेतका सचिब चन्द गाेतामेले कार्यक्रम संचालन रहेकाे कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति प्रमुख अतिथि बिशेष अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरेेेेेपछि ,   गाेपाल शिवा र माधव शाहीको नाममा एक मिनेट मौनधारण गरिएको थियो।  नेपाल पत्रकार महासंघ कुवेतका सहसचिव हरि बानियाँले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य दिने क्रममा नेपाली दूतावास कुवेतका कार्यवहाक राजदूत सुजनी रानाले  मिडिया भनेको शक्तिशाली हो र आजको आवश्यकता भनेको सत्य र निष्पक्ष समाचार आउनु आवश्यक छ भनेर भन्नुभयो।

माधव शाही स्मृति प्रवासी परोपकारी पुरस्कार स्थापना गरेकाे बधाई दिँदै यो कार्य निरन्तर होस भनेर शुभकामना दिनुभयो। नेपाल पत्रकार महासंघ बैदेशिक शाखाको कुवेतकाे १४ औं स्थापना दिवश तथा स्वर्गीय माधव शाही पत्रकारिता पुरस्कार नेपाल पत्रकार माहासंघ कुवेतका सहसचिव हरि बानियाँलाई प्रदान गरियो। स्वर्गीय माधव शाही पत्रकार पुरस्कार घोषणा समारोहका संयोजक जय आले मगरले पत्रकार महासंघ कुवेतको बारेमा प्रकाश पार्दै पुरस्कार घोषणा गरेका थिए। कार्यक्रमको स्पोन्सर बीईसी एक्सचेञ्ज कुवेतले गरेकाे थियाे भने। बीईसी एक्सचेञ्ज कुबेतलाई सम्मान पनि  गरेेेेेेका थिए।

ब्यानर सौजन्य हिमाली संसार मिडियाले गरेकाे थियो। विशेष सहयोग हिमाली संसार मिडिया र निरेम ट्राभल्स एण्ड टुर प्रा लि ले गरेकाे थियोे। हिमाली संसार मिडिया र निरेम दुबै मिडियालाई नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले सम्मान गरेकाे थियाे। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एनआरएन एनसीसीका नबनिर्बाचित अध्यक्ष रणध्वज लामा सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थिति सबै महानुभावलाई दिवा भाेजकाे व्यवस्था गरिएको थियो। कार्यक्रमको अन्तमा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीले माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कारको बारेमा प्रष्ट पार्दै सबैले बुझ्ने भाषामा पत्रकारिताको बारेमा छर्लङ्ग पर्दै अन्तमा कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समाप्त गरियाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...