News Portal

राष्ट्रिय आविष्कार केन्द्रलाई यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रदान

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौं। यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।

भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो।

एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे। उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएकोमा छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

उनले सहमतिबमोजिम सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानून छिट्टै सदनमा लगिने बताए।

केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए।

उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...