News Portal

विमानस्थलमा खटिएको सबै संयन्त्रमाथि छानबिन

हिमालीसंचार संवाददाता
३५८ पटक

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ।

फेरि यो सानो परिमाणमा आएको सुन होइन, यत्रो ल्याउनलाई कुनै साँठगाँठबिना कोही किन तयार हुन्छ ?’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी आशंका गर्छन्, ‘त्यसैले विमानस्थलभित्र प्रहरी, भन्सारदेखि लिएर अन्य संयन्त्रका कर्मचारीहरुमाथि पनि छानबिन आवश्यक देखिएको छ।’

हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिए पनि सबै जाँच कसरी पार भयो भन्ने अनौठो देखिएको उनले अनलाइनखबरसँग बताए। पहिले म्यानुअल्ली जाँच हुन्थ्यो, छुट्यो होला भन्ने हुन्थ्यो। तर अहिले परिस्थिति फरक हो’, उनी भन्छन्, ‘ढुक्कसँग काम गर्नलाई त कुनै नेटवर्क जोडिएको हुनसक्छ। यसमा गम्भीर छानबिन जरुरी देखिन्छ।’

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का पूर्वप्रमुख देवीराम शर्मा पनि विमानस्थलभित्र भएका संयन्त्रबारे छानबिन जरुरी देखिएको बताउँछन्भ। न्सारभित्र प्रहरीको जाँच हुँदैन, त्यसमा प्रहरी र भन्सार कर्मचारीबीच समन्वय जरुरी देखिन्छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउँछ।’ यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्ने उनी बताउँछन्।

राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो। मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...