News Portal

आयोगले सरकारलाई भन्यो– विमानस्थलबाट फकाईएका कामदारलाई क्षतिपूर्ति देऊ

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ।

गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै क्षतिपूर्ति दिन आग्रह गरेको हो।

“वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न, यस कार्यमा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि आयोग नेपाल सरकारसमक्ष आग्रह गर्दछ,” आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले भने।

वैदेशिक रोजगारीमा जाने कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थागत श्रम स्विकृति लिई कामका लागि कुवेत/जोर्डन जान लागेका कामदारलाई गत असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भनी फर्काएका थिए।

वैदेशिक रोजगारीमा जाने कामदारहरुको अधिकारप्रति संवेदनशील हुन र वैदेशिक रोजगार व्यवस्थापन गर्दै आएका जिम्मेवार निकायहरूबीच प्रभावकारी समन्वय गर्न पनि आयोगले भनेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...