News Portal

हेटौंडामा कोरा साइक्लिङ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित रेस सम्पन्न

हिमालीसंचार संवाददाता/युवा राई
३५३ पटक

युवा राई/हेटौंडा – हेटौडा राइडर्स विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको कोरा साइक्लिङ रेस यस वर्ष पनि हेटौंडामा सम्पन्न भएको छ। हेटौंडा राइडर्स क्लबले गत शनिवार सम्पन्न गरेको हो।

विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गराउने उद्देश्यसहित हेटौंडा रेस आयोजना गरिएको आयोजक राइडर्स क्लबले जनाएको छ। ‘साइकलको माध्यमद्वारा विशेषत हेटौंडाको धार्मिक, तीर्थस्थल तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले प्रत्येक वर्ष हेटौंडा कोरा साइक्लिङलाई निरन्तरता दिँदै आएको क्लबले जनाएको छ। 

हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।’ हेटौंडाको हुप्रचौरबाट शुरु भएको साइकल रेस विभिन्न शक्तिपिठहरुको परिक्रमा गर्दै हेटौडा वडा नं. १४, १३, १२ र ११ हुँदै हेटौंडाको बुद्धचोकमा पुगेर रेस समापन भएको थियो। रेसमा करिब २ सय जनाको सहभागीता रहेको थियो।

रेसमा सहभागी खेलाडीहरुले साइकलमा करिब ५० किलोमिटरको यात्रा गरे। कार्यक्रमका लागि करिब ३ लाख ७० हजार रुपैयाँ खर्च भएको आयोजले जनाएको छ। हेटौंडा कोरा साइक्लिङ रेसका लागि जाइन्ट साइकलले मुख्य प्रायोजन गरेको निको अस्पताल प्रा.लि सह प्रायोजक रहेका हुन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...