News Portal

धरान मेघा कलेजमा ४ सय ७५ जनाले दिए प्रवेशिका परीक्षा

हिमालीसंचार संवाददाता/विकास चाम्लिङ राई
२५० पटक

धरान – शैक्षिकसत्र २०८०/८१ सालको एसईई पास भएका विधार्थीहरुको ११ कक्षामा नया भर्नाका लागि धरान १२ चतरा लाइन स्थित धरान मेघा कलेजको प्रवेशिका परिक्षा शुक्रवार सम्पन्न भएको छ ।

प्रवेशिका परिक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट ४ सय ७५ जना विद्यार्थीले सहभागित जनाएका छन । प्रवेशिका परिक्षामा धनकुटा, हिले, सिधुवा, संखुवासभा, भोजपुर, फिदिम पाचथर, झापा, मोरङ जिल्लासंगै धरान आसपासका क्षेत्रका चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टिबाट विद्यार्थी भाइबहिनीहरुले सहभाहिता जनाएको धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी गराएका छन । वर्षाको कारण फर्म भरेका धेरै विद्यार्थीहरु प्रबेशिका परिक्षामा छुटेका छन । उनिहरुलाई थप प्रबेशिका परिक्षाको ब्यवस्था गरिने प्राचार्य पौडेलले जनाए ।

ब्याचलर लेबलसम्म म्यानेजमेन्ट बिषयको पढाइ हुने धरान मेघा कलेजमा  म्यानेजमेन्टसंगैं साइन्स, होटल म्यानेजमेन्ट, कानुन, फुड एन्ड न्युट्रेसन विषयमा बिद्यार्थीहरुले छनौट गरेर अध्ययन गर्न सक्ने छ ।

यस शैक्षिकसत्रमा नया भर्ना भएका ११ कक्षाको पढाइ श्रावण १० गतेदेखि सुरु हुने कलेजले जानकारी गराए । कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न खेलका उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, बिपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलित लगायत क्षेत्रमा दशदेखि १५ प्रतिशत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...