News Portal

सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेश्नलमा’ नेपालका तीन सुन्दरी

हिमाली संचार संवाददाता
६१५ पटक

काठमाडौं – सिंगापुरमा आयोजना हुने विवाहित महिलाहरुबीच प्रतिस्पर्धा रहने अन्तराष्ट्रिय सौन्दर्य प्रतियाेिगता ‘मिसेस इन्टरनेशनल २०१८’ नेपालको प्रतिनिधित्व चन्दा थापा गिरी, सुरुची पाण्डे र अलाईजा महर्जनले गर्ने भएका छन् ।

यी सबैलाई रिवनले पठाउन प्रतियोगतिाका लागि पठाउन लागेका पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिए । उनले भने ‘सबै सुनदरीले यही २८ अक्टोबरदेखि २ नोभेम्बरसम्म हुने ‘मिसेस इन्टरनेशनल २०१८’ ताजको लागि दमदार प्रस्तुति दिनेछन् ।’

तीनै प्रतियोगी शनिबार सिंगापुरतर्फ उड्नेछन् । अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने चन्दा थापा गिरी ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’, सुरुची पाण्डे ‘मिसेस नेपाल २०१७’ र अलाईजा महर्जन ‘मिसेस नेपाल ग्ल्याम २०१८’ का विजेता हुन् ।

प्रतियोगिताको विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा हुने समेत भाहाले बताए । उनका अनुसार सिंगापुर विमानस्थलमा उत्रिएदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु हुनेछ । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेसिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ । मिसेस इन्टरनेशल सिंगापुरको टीकेएस एण्ड सन्सले आयोजना गर्दै आएको छ ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफुलाई तयार गरिरहेका छन् । उनीहरुले मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने छन् ।

प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...