News Portal

  • बास्केटवल खेलाडिद्धारा सास्कृतिक साकेला पार्कमा श्रमदान

    हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
    ४०३ पटक

    धरान, आषाढ-१७, आइतबार – बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान-१७ मा रहेको साकेला सास्कृतिक पार्कमा श्रमदान गरेका छन ।

    उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन। किरात राई यायोक्खा, सुनसरीद्धारा एक महिनादेखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ। हरेक वर्ष किरातीहरुको महान चाड उधौली र उभौली मनाइने पार्कमा चिल्ड्रेनपार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ। शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने कार्यमा सहयोग गरेका थिए ।

    खेल राम्रो खेलेर मात्र हुदैन खेलाडिहरु फिटसंगै अनुशासित र सहयोगि पनि हुनु पर्छ । यहि कुरो व्यावहारिक रुपमा सिकाउनलाई सामाजिक कार्यमा सहभागि गराइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । बास्केटवल खेलाडिले तिन घण्टा श्रमदान गरेका छन । सहयोगका लागि आएका खेलाडीहरुलाई किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले धन्यवाद दिएका थिए ।

    साकेला पार्कमा रहेको १५ फिटको किरात राजा यलम्वरको प्रतिमा, वाबु पोखरी, पोखरीका रंगिन माछा, चिल्ड्रेन पार्क, गार्डन, किरात संस्कृति झल्किने आकर्षक प्रवेशद्धार, सभा हल, कार्यक्रम स्टेज, पिकनिक खान तथा घुम्न आउनेहरुको लागि वस्ने हटहरु, व्यवस्थित टोइलेट वाथरुम, खानेपानी र पार्क भित्र रहेका विभिन्न प्रजातिका वोट विरुवाहरुले सास्कृतिक साकेला पार्कलाई आर्कषक वनाएको छ ।

    तस्वीरः विकास चाम्लिङ राई

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...