News Portal

बास्केटवल खेलाडिद्धारा सास्कृतिक साकेला पार्कमा श्रमदान

हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
४८६ पटक

धरान, आषाढ-१७, आइतबार – बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान-१७ मा रहेको साकेला सास्कृतिक पार्कमा श्रमदान गरेका छन ।

उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन। किरात राई यायोक्खा, सुनसरीद्धारा एक महिनादेखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ। हरेक वर्ष किरातीहरुको महान चाड उधौली र उभौली मनाइने पार्कमा चिल्ड्रेनपार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ। शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने कार्यमा सहयोग गरेका थिए ।

खेल राम्रो खेलेर मात्र हुदैन खेलाडिहरु फिटसंगै अनुशासित र सहयोगि पनि हुनु पर्छ । यहि कुरो व्यावहारिक रुपमा सिकाउनलाई सामाजिक कार्यमा सहभागि गराइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । बास्केटवल खेलाडिले तिन घण्टा श्रमदान गरेका छन । सहयोगका लागि आएका खेलाडीहरुलाई किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले धन्यवाद दिएका थिए ।

साकेला पार्कमा रहेको १५ फिटको किरात राजा यलम्वरको प्रतिमा, वाबु पोखरी, पोखरीका रंगिन माछा, चिल्ड्रेन पार्क, गार्डन, किरात संस्कृति झल्किने आकर्षक प्रवेशद्धार, सभा हल, कार्यक्रम स्टेज, पिकनिक खान तथा घुम्न आउनेहरुको लागि वस्ने हटहरु, व्यवस्थित टोइलेट वाथरुम, खानेपानी र पार्क भित्र रहेका विभिन्न प्रजातिका वोट विरुवाहरुले सास्कृतिक साकेला पार्कलाई आर्कषक वनाएको छ ।

तस्वीरः विकास चाम्लिङ राई

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...