News Portal

धरान मेघा कलेजद्धारा उदयीमान धावकलाई सहयोग प्रदान

हिमालीसंचार संवाददाता/विकास चाम्लिङ राई
६३९ पटक

धरान, आषाढ-२६, शनिबार – धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेका छन ।

नियमित रुपमा हरेक शनिवार धरान रनद्धारा आयोजना गर्ने ३ किलोमिटर रनको पाँच सय ८२औं हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन । धरान रनले शनिवारको दौडलाई “धरान मेघा हिमालयन कलेज ५ सय ८२औं हप्ता रन” नाम दिएका थिए । 

कलेजको तर्फबाट उदयीमान खेलाडिहरु अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो ।

त्यस्तै, २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो। धावकहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्बु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्बुले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए । 

धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ । खेलकूद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व  निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले आफ्ना मन्तव्यको क्रममा बताए । धरानमा शनिवार विहानदेखि लगातार वर्षा भए पनि ५ सय ८२औं हप्ता रनमा २ सय १९ जनाले सहभागिता जनाएका थिए।

तस्वीरःविकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...