News Portal

धरान मेघा कलेजद्धारा उदयीमान धावकलाई सहयोग प्रदान

हिमालीसंचार संवाददाता/विकास चाम्लिङ राई
६०३ पटक

धरान, आषाढ-२६, शनिबार – धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेका छन ।

नियमित रुपमा हरेक शनिवार धरान रनद्धारा आयोजना गर्ने ३ किलोमिटर रनको पाँच सय ८२औं हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन । धरान रनले शनिवारको दौडलाई “धरान मेघा हिमालयन कलेज ५ सय ८२औं हप्ता रन” नाम दिएका थिए । 

कलेजको तर्फबाट उदयीमान खेलाडिहरु अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो ।

त्यस्तै, २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो। धावकहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्बु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्बुले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए । 

धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ । खेलकूद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व  निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले आफ्ना मन्तव्यको क्रममा बताए । धरानमा शनिवार विहानदेखि लगातार वर्षा भए पनि ५ सय ८२औं हप्ता रनमा २ सय १९ जनाले सहभागिता जनाएका थिए।

तस्वीरःविकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...