News Portal

अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा महिला-पुरुष डाक्टर्स टिम च्याम्पियन

हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई,
५३६ पटक

धरान, अषाढ-१५, शुक्रबार – धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुबै टिमले उपाधी चुमेका छन ।

बिहिवार भएको फाइनल खेलमा महिलातर्फ डाक्टर्स टिमले आयोजक अव्युदय थर्ड इयर टिमलाई २०-४ र पुरुषतर्फ डाक्टर्स टिमले आयोजक अव्युदयलाई नै ४७-२० अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । 

फाइनल खेलमा सहज जित निकालेका डाक्टर्स टिमले महिलातर्फको खेलमा डाक्टर्स र अव्युदयले प्रत्यके क्वाटरमा ४-०, ६-०, ८-२ र २-२ अंक जोडेका थिए । त्यस्तै, पुरुषतर्फ डाक्टर्स र अव्युदयले ११-३, १८-३, १०-५ र ८-९ अंक जोडे ।खेलमा महिलातर्फ डाक्टर्स टिमका डाक्टर आशा राईले ब्यक्तिगत १८ अंक जोडे भने पुरुषतर्फ डाक्टर्स टिमका डाक्टर अभिनव खम्बुले १६ अंक जोडेका थिए 

बिजेताहरु खेलाडीहरुलाई अव्युदय स्पोर्ट्स फेस्ट २०२३ को समापन कार्यक्रममा पुरस्कार वितरण गरिने बास्केटबल प्रतियोगिता संयोजक हार्दिक गोयलले हिमालीसंचारटडकनलाई जानकारी गराए ।

थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ। बास्केटबलमा महिला र पुरुषतर्फ ६/६ टिमले सहभागिता रहेको छ ।

धरान बास्केटबल संघको प्राबिधिक सहयोगमा सम्पन्न बास्केटबल प्रतियोगिताको सम्पूर्ण खेल वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...