News Portal

प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको पञ्चायती सोच होः युग पाठक

हिमालीसंचार संवाददाता/प्रीयजन राई
४२५ पटक

उदयपुर – प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको मानव पहिचान विरुद्ध रहेको राजनीतिक विश्लेषक तथा लेखक युग पाठकले बताएका छन् ।

मंगलबार किरात राई यायोक्खा उदयपुरद्वारा आयोजित उभौली साकेला कार्यक्रमलाई सम्वोधन गर्दै लेखक पाठकले सो कुरा बताएका हुन् । अहिलेको मूलभूत उठेको आवाज र जनचाहना विपरित पञ्चायतकालिन साशक र शोषक प्रवृत्तिमा राखिने नाम संघीयतापछि पनि उस्तै अवस्था रहेको उनको भनाइ थियो ।

राजनीतिक विश्लेषक पाठकले राज्यले नेपालका सबै समुदायहरुलाई समान हक, अधिकार दिनु पर्ने भन्दै पहिचानमा आधारित नामहरुको आवश्यक रहेको उनको धारणा थियो ।

अन्तर्गत महिला, दलित, आदिवासी जनजाति लगायत सबै राज्यको अंगहरुलाई उत्तिकै अधिकार वितरण हुनु पर्ने उनको धारणा थियो । उनले कोशी प्रदेश जवरजस्ती राख्नु पञ्चायती व्यवस्था जस्तै प्रदेशको नाम राखिएकोप्रती उनले कडा आपत्ति जनाए थिए ।

पहिचानको विषय कुनै पनि जातिय र समुदायको नभइ सम्पूर्ण मानव सभ्यतासँग जोडिएको उनको जोड रहेको थियो । देशभित्र वस्ने बाहुन क्षेत्री लगायत सबै मानव अस्तित्वको पहिचान रहेको बताउँदै पञ्चायतको सोँचका कारण किरात शब्द राईको मात्रै भन्ने गलत बुझाईले समस्या ल्याएको बताए ।

पहिचानलाई सधै जोगाउने पक्षमा जस्तो सुकै लडाइहरुदेखि पछि हट्न नहुने उनको सुझाव थियो । पाठकले पहिचानलाई जातको रुपमा सोचिरहेको सोँचलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले बाहुन क्षेत्रीको पनि पहिचान समाप्त हुँदै गएको बताउँदै आफ्नो समुदायको नाम विद्यालयको सार्वजानिक संस्थाहरुको नाम इन्टरनेशनल भइसकेकोप्रति चिन्ता व्यक्त गरे । अहिलेका नानीहरुलाई स्याउ भन्न बिर्साउँदै जाँदा एप्पल भनेको मात्रै बुझ्ने भएको उनको भनाइ थियो । कुनै एउटा जातिको पहिचान मेटिनु भनेको सबैको पहिचान मेटिनु हो ।

नेपालमै पहिचान मेटिएर भुटानी सरणार्थी बनाएर अमेरीका पठाउन लागि परेकोसमेत पाठकले कुरा जोडे। पैसाको हुटहुटीमा पहिचान सकाउन यहाँ मरिमेट्ने अवस्था रहेको उनले बताए ।

कार्यक्रममा पहिचानवादी नेताहरु गोपाल किराती, भिम राई, रमेश राई र आङकाजी शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा साकेला शीली नाचेर प्रदेशको नाम खारेजीको माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...