News Portal

अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा डक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष फाइनल प्रवेश

हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
६०० पटक

धरान, आषाढ-१२ मंगलबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला-पुरुष र थर्ड इयर अव्युदय महिला-पुरुष दुबै टिम फाइनल प्रवेश गरेका छन् ।

बुधबार हुने फाइनल खेलमा महिलातर्फ डाक्टर्स विरुद्ध  आयोजक थर्ड इयर टिम र पुरुषतर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको महिलातर्फको सेमी फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाई २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्दै आफ्नो स्थान पक्का गरेका थिए । 

त्यस्तै, पुरुषतर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०-२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाई ३१-६ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका छन ।

खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुषतर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोड्न सफल भएका थिए । धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ वीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा हुने छ ।

थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुषतर्फ ६/६ टिमले सहभागिता जनाएको छ ।

धरान भेट्रान बास्केटबल र आयोजक अलस्टार बिच मैत्रीपुर्ण खेल हुनेः फाइनल खेलको अघिल्लो दिन मंगलबार पुरुषतर्फ आयोजक अलस्टार बास्केटबल टिम बिरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिलातर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राबिधिक टिम बिच मैत्रीपुर्ण खेल हुने भएको छ । मनोरञ्जन संगैं आपसी भाइचारा बढाउनका लागि मैत्रीपुर्ण खेल खेल्न लागिएको डाक्टर्स टिमका खेलाडी डा. सशांक  ताम्रकारले हिमालीसंचारडटकमसंग बताए । मैत्रीपुर्ण खेल मंगलबार साझ ६ बजेदेखि शुरु हुने छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...