News Portal

गाईगोरु तस्करी गर्दै मासु बिक्रि गर्नेलाई जस्तोसुकै कारबाही गर्ने ॐकार सेनाको चेतावनी

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं। ॐकार सेना नेपालले देशैभरीका तराईका जिल्लाबाट मार्ने उदेश्यले गाईगोरु तस्करी भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

ॐकार सेना नेपालका अध्यक्ष निर्भयले बिज्ञप्ति जारी गर्दै नाका कटाएर भारतहुँदै तेस्रो देशहरुमा समेत पठाउने गरेको र बिभिन्न होटलहरुमा गाईगोरुको मासु बिक्रि गर्ने कार्यप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्।

नेपालको संविधानको मुलुकी संहिता २०७४ को दफा २८९ ले समेत उक्त कार्य गैह्रकानुनी हो भनेर परिभाषित गर्दा समेत सम्बन्धित निकाय मौन बस्नु आफैमा खेदपूर्ण रहेको बिज्ञप्तिमा जनाईको छ।

संगठनले आजैको मितिबाट उक्त कार्य रोक्न प्रधानमन्त्रीको कार्यलय,गृहमन्त्रालय,सम्बन्धित जिल्लाका अधिकारीहरु र प्रहरीप्रशासन समेतलाई गम्भिर ध्याकर्षण भएको जानकारी गराएको छ।

बिज्ञप्तिमा भनिएकोछ, ‘हाम्रो यस विज्ञप्तिलाई हल्का रुपमा लिएर उक्त कार्य पुनः गर्दा समेत राज्यका निकायबाट कुनै कारवाही नभएमा यस संगठनले जस्तोसुकै कारवाही गर्ने कुरा अवगत गराउँछौ र उक्त कार्य कारणबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् हुन सचेत गराउँछौ।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...