News Portal

मोरङको रंगेली हुलाकी सडकको सौदर्यता बढाउन वृक्ष रोपन

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३१३ पटक

मोरङ, असार ११ सोमबार । “सम्वृद्घिका लागि वन जनताको रहर हरित शहर अभियान” भन्ने मुल नाराका साथ विराटनगर रंगेली सडक खण्ड अन्तर्गत रंगेलीको बेतना चोकदेखि मधुवनी चोकसम्मको ७ किलो मिटर हुलाकी सडक तथा बजारको सौन्दर्यता बढाउन नगरले विभिन्न जातका बोट विरुवा सडकको  बिचभागमा बनाईएको डिभाईसमा वृक्षारोपण गरिएको छ।

बृक्ष रोपन कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभासदस्य ऋषिकेश पोख्रेल, मोरङ क्षेत्र नम्बर ५ का  प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, प्रससकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, सवडिभिजन वन कार्यलय आमतोलाका प्रमुख नरेन्द्र प्रसाद गुरागाइ, स्थानीय मनोज अग्रवाल, विभिन्न वडाका वडाध्यक्ष, सदस्य लगायतको वृक्षारोपण कार्यक्रममा सहभागी रहेको थियो । 

मेयर दिलिप वगडीयाले बजारको सौन्दर्यता संगै बोटविरुवाले अक्सिजन दिने हुदा नगरबासीको स्वास्थ्यलाई समेत राम्रो हुने र वातावरण समेत स्वाच्छ हुने भएकाले वन तथा भूसंरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारीमा वृक्षारोपण थालिएको मेयर बगडियाले  बताए । 

वृक्षा रोपन लागि स्थानीय स्तरबाट उपभोक्ता समितिका अध्यक्ष बिनोद गिरिले सडकको बिचमा बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवा रोप्ने योजना रहेको जानकारी दिए । उनले बोटविरुवाको गोडमेल निगरानीका लागि जनशक्तिको व्यवस्थापन गरि विरुवा हुर्काउने योजना रहेको समेत हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...