News Portal

मोरङको रंगेली नगरपालिकाको बजेट ७३ करोड २८ लाख ४३ हजारको बजेट विनियोजन (भिडियो सहित)

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
४१५ पटक

मोरङ, जेष्ठ  १० आईतवार। “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, न्यायिक र समृद्धि रंगेलीको आधार” भन्ने मुल नारा सहित मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७३ करोड ४३ लाख ४३ हजार रुपैयाको अनुमानित बजेट विनियोजन गरेको छ । नगरपालिकाको आठौं नगरसभा सम्पन्न गरेको छ ।

उपप्रमुख भुमा पराजुलीले बजेट सार्वजनिक गरेकी थिईन । संघ समानिकरणबाट ९३  लाख ७२ हजार रुपैयाँ, आन्तरिक राजस्व २ करोडौं ७५ लाख रुपैयाँ, मालपोत स्थानीय राजस्व ४ करोडौं, संघ ससर्त अनुदान २ करोडौं २५ लाख रुपैयाँ, संध र समपुरक अनुदान २ करोड २५ लाख रुपैयाँ, संघ विशेष अनुदान ७२ लाख रुपैयाँ, प्रदेश ससर्त ४ करोडौं ४३ लाख रुपैयाँ २५ हजार रुपैयाँ गरि  कुल ७३ करोड ४३ लाख ४३ रुपैयाँ सार्वजनिक गरेको हो। 

त्यसैगरी चालू  विनियोजित रकम ४९ करोडौं ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पुजिगत तर्फ २३ करोडौं ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ रहेको छ । आर्थिक विकासतर्फ ३ करोडौं ६७ लाख ७४ हजारौं रुपैयाँ, सामाजिक विकासतर्फ २७ करोडौं ५० लाख २१ हजार ७ सय ४८ रुपैयाँ, पुर्वधार विकासतर्फ २० करोडौं ३९ लाख ३५ हजार ९ सय वित्तिय रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र ६३ लाख २८ हजार रुपैयाँ, कार्यालय संचालन तथा प्रशाशकिय खर्च २१ करोडौं ७लाख ८३ हजार ३ सय २० रुपैयाँ गरि जम्मा ७३ करोड ४३ लाख ४३  रुपैयाँ छुट्याइएको हो । 

नगरले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गरिने, सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित गर्ने, रैथाने बाली, बीउबिजन, नथ र कृषि तथा पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तह र समुदायलाई प्रोत्साहन गरिने, किसानहरुलाई सिँचाइका लागि निःशुल्क ट्युबवेल तथा बोरिङ वितरण गरिने, खेतियोग्य जमिनमा साना सिँचाई तथा भुमिगत सिचाई व्यवस्था गर्न कार्यक्रम संचालन गरिने, पशुपंक्षिमा हुने महामारी तथा रोग नियन्त्रण गर्न प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त सहयोगमा नगरपालिकाबाट समेत थप बजेट विनियोजन गरी पशुपंछी खोप कार्यक्रम संचालन गरिने, कुकुरको बन्ध्याकरण गरी सडकमा छाडा कुकुरको व्यवस्थापन गरिने, धान र मकै उत्पादन प्रवर्द्धन कार्यक्रम (पकेट) विकासका लागि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने त्यसैगरी सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम सहित अभियानका रुपमा संचालन गरिने, विभिन्न रुपले विपन्न तथा अपांगता भएका बालबालिकाका लागि विशेष कार्यक्रम संचालन गरिने, सुस्त श्रवण भएका बालबालिकाको लागि छुट्टै छात्रावास सहितको अवासीय विद्यालय स्थापना गरिने ,छात्राहरुलाई निःशुल्क प्याडको ब्यवस्थापन गरिने लगायतका कार्याक्रम रहेको छ। 

त्यस्तै, निःशुल्क औषधी, उपकरण र स्वास्थ्य सामाग्रीको निरन्तर आपूर्ति र उपयोगलाई सुनिश्चित गरिने, नियमित गर्भ जाँच गराउने गर्भवती सुत्केरीहरुको लागि स्वास्थ्य संस्थाहरुबाट  निःशुल्क आइरन, क्याल्सियमको वितरण गरिने, अस्पतालमा बिमा कार्यक्रम मार्फत सुलभ र स्तरीय उपचारको व्यवस्था मिलाइने, अति वित्पन्न वर्गका व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य बीमा नविकरणका साथै ३ सय परिवारलाई थप गर्ने, रगतको आवश्यकता परेमा आवश्यक रगत व्यवस्थापनको लागि अस्पतालमा रहेको ब्लड बैंकलाई गरिदै आएको सहयोगलाई निरन्तरता दिइने, प्रजनन स्वास्थ्य जस्तो पाठेघर झर्ने, पाठेघर तथा स्तन क्यानसर लगायत समस्याहरुको विषेशज्ञ डाक्टरद्वारा पहिचान र निःशुल्क औषधी उपचारको व्यवस्थापन गरिने, नगरमा सञ्चालनमा रहेको आयुर्वेद केन्द्रलाई औषधीको आपूर्तिको व्यवस्था मिलाइने, अशक्त, असाहय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने, अस्पतालको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने कार्य शुरुवात गरिने र नगरले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका विषयमा बजेट पास गरेको छ । 

त्यस्तै, कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत, वडाअध्यक्षहरु, कार्यापालिका सदस्यहरु र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...