News Portal

वीपीमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३, बास्केटबलमा डक्टर्स महिला पुरुष, अव्युदय थर्ड इयर र ब्याच २०२३ बिजयी

हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
५४४ पटक

धरान – आषाढ १०, आइताबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबारदेखि शुरु भएको छ ।

स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि वीपी प्रतिष्ठान इन्टर ब्याच  बास्केटबल टुर्नामेन्ट सुरु भएको हो । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिलातर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३  लाई २४-० अंकको अन्तरले पराजित गरेको हो ।

त्यस्तै, सोही दिन दुई खेल खेलेका पुरुषतर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाई ४५-४ र ब्याच २०२२ टिमलाई ३९-८ अंकले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्याच २०२१ टिमलाई १४-० अन्तरले पराजित गरेका थिए । 

स्पोर्ट्स फेस्ट अन्तर्गत क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा जस्ता विभिध खेल भइरहेको वीपी  प्रतिष्ठान स्पोर्ट्स कमिटी सदस्य हार्दिक गोयलले जानकारी गराए । बास्केटबल खेलमा महिला र पुरुष तर्फ ६/६ टिम रहेको छ । बास्केटबल तर्फको फाइनल खेल भने बुधबार हुने गोयलले बताए । 

आजको खेल महिलातर्फ सेकेन्ड इयर विरुद्ध जुनियर फस्ट इयर  र सिनियर फस्ट इयर विरुद्ध फोर्थ इयर ब्याचले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राबिधिक सहयोग धरान बास्केटबल संघले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...