News Portal

विराटनगर सडक खण्डमा खुल्ला चौपाया स्थानीय सरकारले नियन्त्रण लिदैं

हिमालीसंचार/रविन्द्र बराल
३८१ पटक

मोरङ, असार ९ शनिबार। मोरङको रंगेली नगरपालिकाले हुलाकी राजमार्ग अन्तर्गत रंगेली विराटनगर सडक खण्ड तथा भित्री सडकमा स्थानीयहरुले खुल्ला रुपमा बाख्रा, खसी लगायतका चौपाया बिहानैदेखि सडकमा भेटिएको बस्तुहरुलाई नगरले नियन्त्रणमा लिन थालेका छन्।

नगरको व्यस्त सडकमा खुल्ला रुपमा बिच सडकमै चौपाया बस्ने र नगरले सडक पेटिमा लगाएको बृक्ष समेत खान थालेपछि सडकमा रहेका चौपायाहरुलाई नियन्त्रणमा लिन थालिएको नगर प्रमुख दिलिप बगडियाले हिमालीसंचारडटकमसंग बताए।

सडकमा खुल्ला चौपाया छोडिएका कारण दिनप्रतिदिन सवारी दुर्घटनासमेत हुने गरेको छ। नगरपालिकाले बिगत महिनै दिनदेखि सबै नगरबासीहरुलाई सडकमा चौपाया नछाड्न सूचना जारी गरेता पनि स्थानीयले सो सूचनाको बेवास्ता गरेका कारण नगरले सडकमा भेटिएका चौपायाहरुलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया शुरु गरेको छ।

नगरले चौपाया नियन्त्रणमा लिएपछि चौपाया धनीहरु संग राजस्व स्वरुप ठुलो खसी बाख्राको प्रतिगोटा ४ सय रुपैयाँ र सनो बाख्राको २ सय रुपैयाँ लिएर छाड्ने गरेको नगर प्रमुख दिलिप बगडियाले बताए।

यसरी जरिवाना लिएर छाड्ने गरिएको र अबका दिनहरुमा चौपायाधनीहरु समेत सचेत गराउने साथै अबका दिनहरुमा सचेत हुनुपर्ने देखिन्छ। उक्त सडकमा  रतुवामाई नगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिका भित्रमा रहेको सो सडक खण्डको दायाँबायाँ तथा मुख्य सडकमा गाई, बाछा-बाछी र बाख्रा खुल्ला रुपमा छाडने गरेको पाईन्छ।

खुल्ला रुपमा छाडिएका चौपायाहरु सडक कै दायाँ बायाँ र बाँधेर राख्ने गरेका छन भने खसी बाख्रा भने खुल्ला रुपमा छाडने गरेका कारण सवारी साधन लिएर आवतजावत गर्ने सर्वसाधारणहरुलाई अत्यन्तै जोखिम र दुर्घटना समेत हुने गरेको स्थानीयले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...