News Portal

ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं। असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुख र सांसदबीच भेटवार्ता भएको छ।

एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच भएको भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए।

नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति उनले आभार व्यक्त गरेका छन्।

शाहीले ‘एक पटकका लागि नेपाली सधैँका लागि नेपाली भन्दै अष्ट्रेलियामा रहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल फर्काउने नीति निर्माणमा आफूहरू लाग्ने पनि बताए।

शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने कामबारे जानकारी गराएको भ्रमणको संयोजन सदस्यमध्येका एक केदार श्रेष्ठले बताए।

भेटमा अष्ट्रेलियाका अधिकारीले नेपालीहरू मिहेनती, इमानदार र बफादार रहेको साथै अष्ट्रेलियाको व्यापार व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भुमिका रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

शाहीलाई समाजसेवी दीपक विष्ट नेतृत्वमा रहेको नेपाली समुदायले च्यारिटी रात्रिभोजको आयोजना गरी सम्मानसमेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...