News Portal

सुनसरीको धरान मेधा हिमालयन कलेजमा स्वीस कन्ट्याक्टद्वारा एक महिने हस्पिटालिटी वर्कसप शुरु

हिमालीसंचार संवाददाता
५७५ पटक

विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित “स्वीस कन्ट्याक्ट प्रोग्राम” अन्तर्गत मेघा हिमालयन कलेजमा एक महिने लामो हस्पिटालिटी वर्कसप शुरु भएको छ । आयोजित कार्यक्रम अन्तरगत होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्यायनरत विद्यार्थी र शिक्षक वर्कशपबाट लाभान्वित हुने छन् ।

“स्वीस कन्ट्याक्ट प्रोग्राम” मार्फत विकासशील राष्ट्रहरुको शिक्षण सिकाइमा सहयोग गर्दै आएको यस परियोजना अन्तर्गत नेदरल्याण्डबाट आएका हस्पिटलिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीलाई प्रशिक्षण गराइरहेका हुन् । 

आयोजित वर्कसपबारे जानकारी दिन बिहीबार कलेजले धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा एक्स्पर्ट हेरिङ्गाले २५ वर्ष  हस्पिटालिटी क्षेत्र र २७ वर्ष शिक्षण क्षेत्रमा अनुभव रहेको समेत कार्यक्रममा बताए। 

“मानिसलाई नजिकबाट कसरी चिन्न सकिन्छ भनेर हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हुँ” हेरिङ्गाले भने,’नेपालमा हिमालमात्र छैन। सुन्दरतामात्र छैन। यहाँ नेपालीहरुको स्वागत सत्कार, आतिथ्यता र मौलिक संस्कृति छ। त्यसैले गौरव गर्ने र उद्यमशीलताको खोजी गरिनुपर्छ।” उनको उद्गगार रहेको थियो। 

नेपाली नागरिकले युरोपियन शैलीमा होइन, नेपालीको मौलिक शैली, खानपान र आतिथ्यता र सत्कारलाई प्रबद्धन गर्नुपर्ने हेरिङ्गाको धारणा रहेको थियो। बुधबारदेखि धरान-१२ चतरालाइनस्थित मेधा कलेजमा शुरु वर्कसपमा सैद्धान्तिक र प्रयोगात्मक सिकाइ भइरहेको छ । 

“हिजो हामीले हाइजिनिङ र ग्रुमिङका विषयमा क्लास लियौं। कलेजका एचएम कोर्डिनेटर पोषण श्रेष्ठले भने, ‘आज हस्पिटालिटी सेक्टर र यसबाट हुनसक्ने उद्यमशीलताको विषयमा जान्ने अवसर पायौं ।” उनको इयअनुभूति रहेको सुनाए। 

एक महिनासम्म संचालन हुने वर्कसपमा अथिति आतिथ्यता र सत्कारको क्षेत्रमा काम गरिरहेका पूर्वाञ्चल धरानका सरोकारवाला र व्यवसायीहरुसमेत लाभान्वित हुने गरी प्रशिक्षक हेरिङ्गासँग साक्षात्कार गराउने कलेजका प्राचार्य भाष्कर पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...