News Portal

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

हिमालीसंचार संवाददाता
३६४ पटक

धरान –  दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले धरान नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने सामाजिक संजाल मार्फत आग्रह गरेका छन्।

काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका समयमा पोखरा हुदै धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो। ‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि सोमबारदेखि चल्न नदिने घोषणा मेयर शाहले गरेका छन्। 

त्यस्तै, पोखरामा पनी उक्त चलचित्र प्रदर्शनमा रोक लागाएसंगैं  धरानमा पनि मेयर साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ चलाउन नदिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले भनेका छन् “धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला!” जय देश!

काठमाडौंका मेयर शाहले ‘आदिपुरुष’विरुद्ध कदम चालेपछि देशका अन्य नगरमा पनि निषेध अभियान चलिरहेको छ। ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै पोखरा महानगरपालिकाले पनि उक्त फ्लिम प्रदर्शनमा रोक लगाइएको हुन्। 

आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेसंगै पोखरा महानगरपालिका पोखराका नगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र नै लेखेर उक्त फ्लिम प्रशारण गर्न रोक लगाएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...