News Portal

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन बन्यो

हिमालीसंचार संवाददाता
४१३ पटक

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको खेलमा सिटीले उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो।

सिटीको जितमा रोद्रीले खेलको ६८औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो। यससँगै सिटीले ट्रबेल जितेको छ। यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो। पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो।

प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग जिते। उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए। सिटी दुई वर्षअघि पनि फाइनलमा  पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...