News Portal

तेह्रथुममा लाजेहाङ फोर्स गठन, पूर्वाञ्चलको विभिन्न क्षेत्रहरुमा मार्चपास गर्ने कार्यक्रम तय

हिमालीसंचार संवाददाता
३७७ पटक

अविन माबो/तेह्रथुम – तेह्रथुममा पहिचानको लागि युवा समिती गठन भएको छ । यहिँ २६ गत्ते धिरेन्द्र लिम्बुको संयोजकत्वमा २०१ जना लाजेहाङ फोर्स नामको पहिचानको लागि युवा समिती गठन भएको हो।

पूर्वाञ्चलको २६, २७ र २८ गतेबाट तेह्रथुमको विभिन्न बजारहरु हुँदै मेन्छ्यायम गाँउपालिका, पौँठाक बजारबाट मार्चपास गर्दै श्रीजुङ एसबिएस फुटबल मैदानमा कोणसभा गरी मोराहाङ बजारमा कोणसभा गरि फेरि आङबुङ संसारी बजारमा पनि कोणसभा र मार्चपास गर्दै अन्तिममा जिरीखिम्ती म्याङ्लुङ नगरपालिका प्रवेश गर्दै २८ गते म्याङ्लुङ बजारमा कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ​।

पहिचानको लागि युवा नामको सो कार्यक्रममा युवाका सह-संयोजक बिराज लिम्बू, युवा केन्द्रिय सदस्य सचिव साहस राई, संयुक्त संघर्ष समिती सदस्य कृष्ण चोङवाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रदेश एक सरकारले थापामार सैलीमा प्रदेशको नाम कोशी राखेपछि प्रदेश एकमा निरन्तर पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आईरहेका छन​। उक्त पहिचान पक्षधरहरुको आन्दोलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न कार्यक्रमको मञ्चबाट सार्वजनिक रुपमा आतंककारीको संज्ञा दिँदै आफ्नो कार्यकर्ताहरुलाई उतारेर ठेगान लगाउने चेतावनी दिएपछि पहिचान पक्षधरहरु आक्रमक बनिरहेका छन​।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...