News Portal

तेह्रथुममा लाजेहाङ फोर्स गठन, पूर्वाञ्चलको विभिन्न क्षेत्रहरुमा मार्चपास गर्ने कार्यक्रम तय

हिमालीसंचार संवाददाता
३९१ पटक

अविन माबो/तेह्रथुम – तेह्रथुममा पहिचानको लागि युवा समिती गठन भएको छ । यहिँ २६ गत्ते धिरेन्द्र लिम्बुको संयोजकत्वमा २०१ जना लाजेहाङ फोर्स नामको पहिचानको लागि युवा समिती गठन भएको हो।

पूर्वाञ्चलको २६, २७ र २८ गतेबाट तेह्रथुमको विभिन्न बजारहरु हुँदै मेन्छ्यायम गाँउपालिका, पौँठाक बजारबाट मार्चपास गर्दै श्रीजुङ एसबिएस फुटबल मैदानमा कोणसभा गरी मोराहाङ बजारमा कोणसभा गरि फेरि आङबुङ संसारी बजारमा पनि कोणसभा र मार्चपास गर्दै अन्तिममा जिरीखिम्ती म्याङ्लुङ नगरपालिका प्रवेश गर्दै २८ गते म्याङ्लुङ बजारमा कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ​।

पहिचानको लागि युवा नामको सो कार्यक्रममा युवाका सह-संयोजक बिराज लिम्बू, युवा केन्द्रिय सदस्य सचिव साहस राई, संयुक्त संघर्ष समिती सदस्य कृष्ण चोङवाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रदेश एक सरकारले थापामार सैलीमा प्रदेशको नाम कोशी राखेपछि प्रदेश एकमा निरन्तर पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आईरहेका छन​। उक्त पहिचान पक्षधरहरुको आन्दोलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न कार्यक्रमको मञ्चबाट सार्वजनिक रुपमा आतंककारीको संज्ञा दिँदै आफ्नो कार्यकर्ताहरुलाई उतारेर ठेगान लगाउने चेतावनी दिएपछि पहिचान पक्षधरहरु आक्रमक बनिरहेका छन​।

प्रतिकृया दिनुहोस्

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...