News Portal

  • युनिम्याक्स कन्सल्टेन्सीमा विभागको छापा

    हिमालीसंचार संवाददाता
    ३२५ पटक

    काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो।

    कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो। सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो।

    सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

    उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्टसमेत नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमा गैरकानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरीसमेत विभागमा परेको थियो।

    उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैरकानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ। कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेकोसमेत पाइएको छ।

    पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन्। सामाजिक सञ्जालको प्रयोग गरी उनीहरूले लाखौं रुपैयाँ असुल गर्दै श्रमिकहरूमाथि ठगी गर्ने गरेको देखिन्छ।

    विभागले त्यस्तो कार्य निरुत्साहित पार्नका लागि अनुगमनलाई तीव्रता दिने जनाएको छ। विभागले त्यसका लागि तीन वटा निर्देशकहरूको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...