News Portal

झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

हिमालीसंचार संवाददाता
४९९ पटक

प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्।

अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसीलगाएतलाई हातपात गरेका हुन् ।

एमसीले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेका हुन् । उनले कार्यालयमा अन्य कर्मचारीमाथि पनि हातपात गरी तथानाम गाली बेइज्जतीसमेत गरेको आरोप कर्मचारीको छ । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पूर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेका छन् ।

पालिका उपाध्यक्ष प्रमोद पोखरेलले अध्यक्षका छोरा मिलन एमसीको नेतृत्वमा आएको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुव्र्यवहार गरेको पुष्टि गरे ।

कार्यकक्षमै हातपात भयो, दुव्र्यवहार भयो, पहिले म कहाँ पनि आएका थिए, मैले दवावमा हस्ताक्षर गर्दिन भनेको हुँ, प्रकृया नपुगेको फाइल सदर गरेर रकम भुक्तानीको माग गरेका थिए, हामीले अस्वीकार गरेका हौं, मैले सम्झाएर हस्ताक्षर नगर्ने भनेपछि हाकिमसापकोमा गएर हातपात गरे, यसको छानविन हुन जरुरी छ’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत रिजालले आफू तनावमा रहेको बताए ।

पालिका अध्यक्ष पितबहादुर महताराले कर्मचारीमाथि हातपात र दुव्र्यवहार हुनु राम्रो नभएको र घटनाको छानविन हुने बताए ।

घटनामा मेरो छोराले नेतृत्व गरेको भन्ने विषय गलत हो, बाटोको रकम भुक्तानीमा केही समस्या आएको हो, काम भएको तर स्टिमेट अनुसार नखनेको भनेर उपाध्यक्षको नेतृत्वमा अनुगमन हुँदा देखिएको रहेछ, त्यही उपभोक्ता समिति काम भएको भन्दै रकम माग्न गएको हो, मेरो छोरा पनि सँगै गएको होला, म बाहिर थिए अर्को कार्यक्रममा, सबै विषय बुझेर मिलाउने प्रयास हुन्छ’ उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...