News Portal

यू–१५ साफ च्याम्पियनसिप : नेपालको आँखा उपाधिमा

८२० पटक

काठमाडौं : उमेर समूहमा नेपाली फुटबल टोलीको प्रदर्शन उत्कृष्ट बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको प्रभाव युवा टोलीमा देखिएको हो। एक वर्षअघि मात्र घरेलु मैदानमा आयोजना भएको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि चुमेको नेपाल अहिले घरेलु मैदानमा बिहीबारदेखि आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपको अन्तिम तयारीमा व्यस्त छ।

नेपाली युवा टोलीले उपाधि नै चुम्ने लक्ष्यका साथ तयारी गरेको एन्फाका कार्यवाहक अध्यक्ष एवं प्राविधिक टोलीका सदस्य उपेन्द्रमान सिंहले बताए। ‘हाम्रो तयारी धेरै राम्रो छ। टोलीमा अधिकांश दुई वर्षदेखि एन्फा एकेडेमीमा राखिएका खेलाडी छन्। थप खेलाडी पनि देशभरबाट छनोट भएका उत्कृष्ट छन्। नेपालको एउटै लक्ष्य उपाधि हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने।

नेपालले बिहीबार माल्दिभ्स र कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ।

च्याम्पियनसिपमा नेपालसहित साबिक विजेता भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहको पहिलो बिहीबार माल्दिभ्स र दोस्रो खेल कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ।

च्याम्पियनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) बाट एक लाख ४० हजार अमेरिकी सहयोग प्राप्त भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए। एक करोड ६५ लाख रुपैयाँ लगानीमा सञ्चालन हुने च्याम्पियनसिपका लागि अपुग रकम गेट मनी र एन्फाको आन्तरिक स्रोतबार जुटाइने बताइएको छ। एन्फा मैदान सातदोबाटोमा खेलाइने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि एन्फाले जनाएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको २३ सदस्यीय युवा टोलीमा एन्फा एकेडेमी बाहिरका पाँच खेलाडी समावेश छन्। एन्फामा आबद्ध ४५ जिल्लाबाट छनोट भएका तीन सय खेलाडीबाट उत्कृष्ट पाँच जना खेलाडी छनोटमा परेका हुन्। यसअघि बढी उमेरका कारण विवाद देखिएकाले यस पटक सबै खेलाडीको एमआरआई गरिएको पनि एन्फाले जनाएको छ।

च्याम्पियनसिपको विजेता टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यू–१६ छनोट च्याम्पियनसिप खेल्न पाउनेछ। च्याम्पियनसिपका लागि भारतबाहेक सबै टोली काठमाडौं आइसकेको छ। भारत बुधबार आउनेछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...