News Portal

नियमित ओखर खानु स्वास्थ्यका लागि फाइदैफाईदा हुन्छ

हिमालीसंचार संवाददाता
५२४ पटक

ओखर एउटा यस्तो फल हो। जसको सेवनले मानिसका लागि अत्यावश्यक पदार्थहरु भिटामिन बी, भिटामिन ई, ओमेगा-३, ओमेगा-६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङक, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरल्सहरु प्रशस्त मात्रामा ओखरमा पाइन्छ ।

ओखरमा एन्टिअक्सिडेन्ट नामक तत्व हुन्छ । जसको सेवनले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति पाउनुका साथै बढ्दो उमेरमा हुने चाउरिपनाबाट छुटकारा पाउन सकिन्छ । दैनिक ४/५ ओटा ओखरको सेवनले मुटुलाई स्वस्थ्या राख्नुका साथै शरीरमा कोलस्टोलको मात्रा कम गर्न मद्दत पुऱ्याउछ ।

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम पाईन्छ । ओखरले हड्डी बलियो बनाउन सहयोग पुऱ्याउछ । ओखरको सेवन मधुमेहका विरामीहरुका लागि विशेष फाइदा पुऱ्याउछ । ओखरमा प्रशस्त मात्रामा फाइबर पाईन्छ । जसले पाचन क्रियालाई मजबुद बनाउँछ । साथै, ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्यालाई राहत प्रदान गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति दिन सहयोग पुऱ्याउछ ।

ओखरको नियमित सेवनले मष्तिस्कलाई स्वस्थ्या बनाई राख्न मद्धत पुऱ्याउछ । ओखरको सेवनले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । नियमित ओखर सेवन रक्तचाप, मृगौला, कोलस्टोल र मुटुसँग समबन्धी समस्याका समाधानका लागि उपयोगी हुन्छ। ओखरले मृगौलामा पत्थरी हुनबाट पनि जोगाउँछ ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...