News Portal

नियमित ओखर खानु स्वास्थ्यका लागि फाइदैफाईदा हुन्छ

हिमालीसंचार संवाददाता
५६४ पटक

ओखर एउटा यस्तो फल हो। जसको सेवनले मानिसका लागि अत्यावश्यक पदार्थहरु भिटामिन बी, भिटामिन ई, ओमेगा-३, ओमेगा-६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङक, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरल्सहरु प्रशस्त मात्रामा ओखरमा पाइन्छ ।

ओखरमा एन्टिअक्सिडेन्ट नामक तत्व हुन्छ । जसको सेवनले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति पाउनुका साथै बढ्दो उमेरमा हुने चाउरिपनाबाट छुटकारा पाउन सकिन्छ । दैनिक ४/५ ओटा ओखरको सेवनले मुटुलाई स्वस्थ्या राख्नुका साथै शरीरमा कोलस्टोलको मात्रा कम गर्न मद्दत पुऱ्याउछ ।

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम पाईन्छ । ओखरले हड्डी बलियो बनाउन सहयोग पुऱ्याउछ । ओखरको सेवन मधुमेहका विरामीहरुका लागि विशेष फाइदा पुऱ्याउछ । ओखरमा प्रशस्त मात्रामा फाइबर पाईन्छ । जसले पाचन क्रियालाई मजबुद बनाउँछ । साथै, ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्यालाई राहत प्रदान गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति दिन सहयोग पुऱ्याउछ ।

ओखरको नियमित सेवनले मष्तिस्कलाई स्वस्थ्या बनाई राख्न मद्धत पुऱ्याउछ । ओखरको सेवनले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । नियमित ओखर सेवन रक्तचाप, मृगौला, कोलस्टोल र मुटुसँग समबन्धी समस्याका समाधानका लागि उपयोगी हुन्छ। ओखरले मृगौलामा पत्थरी हुनबाट पनि जोगाउँछ ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...