News Portal

खोटाङको केपिलासगढी गाउँपालिकाले प्रदेश सभाले पास गरेको ‘कोसी’ नाम नलेख्ने गऱ्यो निर्णय

दुमी, साम्पाङ र कोयी राई भाषाको विमोचित पाठ्यपुस्तक कार्यान्वयनका लागि शिक्षा शाखामार्फत विद्यालयमा पठाउने निर्णय

हिमालीसंचार संवाददाता
९२५ पटक

नविन राई/बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

केपिलासगढी गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको निर्णयको बुँदा नम्बर ७ मा प्रदेश सरकारले आफ्नो संवैधानिक कार्यक्षेत्रभित्र रहेर कोसी प्रदेश नामकरण गरेको उल्लेख गरिएको छ । तर, उक्त नामकरणविरुद्ध आन्दोलन भइरहेको छ। खोटाङका विभिन्न स्थानीय तहले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने भनी निर्णय गरिरहेको सन्दर्भमा कोपिलासगढीको कार्यपालिका बैठकबाट समेत अर्को व्यवस्था नभइन्जेलसम्मका लागि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय सर्वसम्मतले पारित भएको गाउँपालिकाले जनाएको छ।

प्रदेश सरकारले ‘तत्कालीन प्रदेश १ लाई गुरिल्ला शैलीमा प्रदेशको नामकरण गत फागुन १७ गते गरेको थियो । त्यसविरुद्ध विभिन्न पूर्वाञ्चलका पहिचानवादी संघ-संस्था, राजनीतिक दल र स्वतन्त्र नागरिक समाजले आन्दोलन गरिरहेका छन्,’ उपाध्यक्ष राईले भने, ‘त्यसको समर्थनमा हामीले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय गरेका छौँ । गाउँ कार्यपालिकाको बैठकबाटै उक्त निर्णय सर्वसम्मतले पारित भएको उल्लेख गरिएको छ। 

प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने मुख्य मुद्दासहित आन्दोलनलाई जारी रहेको छ। भोजपुरको आमचोक, खोटाङको दिक्तेल–रूपकोट–मझुवागढी नगरपालिकालगायतका पहाडी जिल्लाका स्थानीय तहहरुले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय गरिसकेका छन् । 

केपिलासगढी गाउँ कार्यपालिका बैठकले विभिन्न ९ वटा निर्णयसमेत गरेको छ । त्यसमध्ये निर्णय नम्बर ८ मा दुमी, साम्पाङ र कोयी राई भाषाको विमोचित पाठ्यपुस्तक कार्यान्वयनका लागि शिक्षा शाखामार्फत विद्यालयमा पठाउने निर्णय गरेको समेत उपाध्यक्ष राईले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...