News Portal

किरात राई साँस्कृतिक कलाकार संघले राष्ट्रिय सम्मेलन धरानमा गर्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५१० पटक

धरान – “मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति” भन्ने मुल नाराका साथमा किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न गर्ने भएको छ । संघले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान – १० स्थित पत्रकार सम्मेलन गर्दै आगामी जेठ १३, १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो।

वि.स. २०६३ सालमा स्थापना भएको संध धरानमा सम्मेलन गर्ने भएको हो। संधले किरात इतिहास, सँस्कृति र प्राचीन सभ्यताको सम्मान, किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन रहेको सम्मेलन आयोजक कमिटीका संयोजक रामकर राईले जानकारी दिए ।

संधले सम्मेलनको उद्घाटन सत्र धरानको मुख्य बजार भानुचोकमा गर्ने र कोशी प्रदेश नामाङ्कन खारेजी माग गर्दै जनप्रदर्शन र शक्ति प्रर्दशनकैरुपमा पनि आयोजना गर्ने संयोजक राईले जानकारी दिए । राईको अनुसार संघको पुर्वाञ्चलका १३ वटा जिल्ला कार्यसमिति रहेको छ भने विदेशमा पनि ७ वटा शाखाहरु रहेको जानकारी दिए ।  सम्मेलनको लागि १२० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने पनि संयोजक राईले बताए । 

संघमा किराती गीत, संगीत, कला साहित्य, सँस्कार, सँस्कृति, मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने सबै साँस्कृतिक राई कलाकर्मीहरु आवद्ध रहेका छन् । गायन, संगीत, चित्रकला, मुर्तिकला, नाट्यकर्मी विभिन्न क्षेत्रका कलाकर्मीहरु संघमा रहेको पनि संयोजक राईले बताए । 

आयोजक संघका उपाध्यक्ष सालिक सतासक राईका अनुसार सम्मेलनमा साँस्कृतिक जागरणसहितका मन्तव्य, सँस्कृतिकर्मीद्धारा साँस्कृतिक सांगीतिक प्रस्तुतीलाई बहसकोरुपमा उठाइनेछ भने साँस्कृतिक सांकेतिक विद्रोहबारे पनि बहस हुने समेत बताए । यस्तै, कोशी प्रदेश खारेजीको माग लिएर हजारौं संख्यामा कफन बाँधेर प्लेकार्डसहित धरान बजार परिक्रमा गर्दै झाँकीसहित ऱ्याली गर्ने तयारी रहेको जानकारी दिए। विशेषत पहिचानसहितको किरात प्रदेश नामकरणको लागि दबाब साथै भाषा, साहित्य, संगीत सम्बन्धी विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरी बहस गरिने उपाध्यक्ष राईले जानकारी दिए । 

सम्मेलनको प्रचारप्रसारको लागि जेठ ११ गते (बिहिबार) इटहरीका विभिन्न १० वटा चोकहरुमा सांगीतिक सूचना सभा आयोजना गर्ने कार्यक्रम रहेको छ। जेठ १२ गते (शुक्रबार) धरानका विभिन्न १४ वटा चोकहरुमा सांगीतिक सुचनासभा गर्ने कार्ययोजना रहेको पनी जानकारी दिए । 

यस्तै, जेठ १३ गते भानुचोकमा उद्घाटन सत्र, जेठ १४ गते बन्दसत्रमा ५ वटा कार्यपत्र प्रस्तुत गर्ने र जेठ १५ गते जिल्ला कार्यसमितिनका प्रतिवेदन प्रस्तुत, छलफल, अनुमोदन, केन्द्रको प्रस्तुत र धरान घोषणापत्र जारी गर्ने समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...