News Portal

वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना बाकसमा फर्किए

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो।

सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ। खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन्। साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन्।

साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ। मलेसियापछि खाडीको देश कतारमा एक जना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ।

यस्तै, यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको, कुवेतमा ९ जना महिला र ५० जना पुरुष गरी ५९ जनाको र खाडीकै अर्को देश बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको ज्यान गएको छ।

यस्तै ब्रुनाईमा २ जनाको, क्रोएसियामा ४ जनाको, साइप्रसमा ५ जनाको, इजरायलमा २ जनाको, जापानमा ८ जनाको, जोर्डनमा २ जनाको, मकाउमा १ जनाको, मालदिभ्समा ३ जनाको, माल्टामा दुई जनाको, ओमानमा ७ जनाको, पोर्चुगल र पोल्याण्डमा एक एक जनाको, दक्षिण कोरियामा १७ जनाको ज्यान गएको छ।

चालु आर्थिक वर्षको १० महिनामा विदेशमा कार्यरत रहेकै देशमा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ४६ करोड रुपैयाँ रकम आर्थिक सहायता दिइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...