News Portal

  • चलचित्र पत्रकार संघ सुनसरीले तीन दिने वर्कशप आयोजना गर्दै

    हिमालीसंचार संवाददाता
    १५१ पटक

    धरान – चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता वर्कशपको आयोजना गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपालको २४औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाद्वारा आईतबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा यस्तो बताइएको हो । 

    नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा सुनसरी जिल्ला भरका पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासंघका सुनसरी अध्यक्ष जनक ॠषि राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    चलचित्र पत्रकार संघको शाखा सुनसरीमा विस २०७७ फागुन १९ गते स्थापना भएको थियो । संघले आफनो स्थापनाकालको दुईमहिनामै प्रदेश स्तरीय “चलचित्र पत्रकारीता कार्यशाला तथा प्रदेश नं. १ मा चलचित्र पर्यटन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न आयोजना गरिसकेको चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्माले जानकारी दिए ।उनका अनुसार सुनसरीको भेडेटारमा वर्कशप ३ दिनसम्म चलेको थियो । प्रदेशभरीका विभिन्न थरीका ३५ जना उपस्थिति रहेको कार्यक्रममा ३ दिनसम्म खान, वस्न, स्टेशनरी र टि-सर्ट उपलब्ध गराईएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।  

    सुनसरी शाखाले आफ्नो पहिलो बार्षिक उत्सव कार्यक्रम सप्ताह व्यापी कार्यक्रम गरेर भव्यताका साथ मनाएको थियो । संघले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सुनसरीमा रहेका विभिन्न संघ संगठनमा आवद्ध पत्रकारहरुवीच मैत्रीपुर्ण फुटसल आयोजना संचालन गरिएको थियो । 

    प्रतियोगितामा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन, खेलकूद पत्रकार मञ्च, चलचित्र पत्रकार संघवीच मैत्रीपुर्ण प्रतियोगीता भएको थियो । प्रतियोगीतामा प्रेस सेन्टर नेपाल पहिलो भएर नगद ५ हजार र ट्रफी र प्रमाणपत्र प्राप्त गरको थियो । अध्यक्ष बिश्वकर्माका अनुसार कार्यक्रममा प्रदेशका तत्कालिन यातायात व्यवस्था तथा  संचारमन्त्री उपेन्द्र प्रसाद घिमीरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोही अवसरमा  कलाकार, निर्माता तथा निर्देशक पर्शुराम चौधरीलाई सम्मान समेत गरिएको थियो ।

    स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको संघले यस बर्षपनी कलाकार सम्मान तथा दुइजना रङ्गपत्रकारहरु सिनियर र एक जना उदाउदा रङ्गपत्रकारलाई नगद सहित सम्मान गर्ने योजना रहेको सचिव सुमन भट्टराईले जानकारे दिए । 

    पुरस्कार वितरण कार्यक्रम अगामी जेठ २-२३ गतेसम्म आयोजना हुने वर्कशपमा वितरण गरिने भट्टराईले जानकारी दिए । कार्यक्रममा चलचित्र बिकासबोर्डको सहयोगमा आयोजना हुन लागेको सचिव भट्टराईले जानकारी दिए । सोमबार आयोजित कार्यक्रममा विभिन्न पत्रकारहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ॠषि राईले चलचित्र पत्रकार र अन्य बिटका पत्रकारहरुवीच समन्वय हुन जरुरी रहेको बताए । उनले चलचित्र पत्रकारले स्थानिय चलचित्र पर्यटनलाई जोड्न समेत् आग्रह गरे । अर्का बक्त्ता कार्यक्रमका बिशेष अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भीषण राईले प्रदेशमा चलचित्र पत्रकार संघ गठन गर्नुमा आफुले धेरै भुमीका खेलेको बताउदै प्रदेश अहिले सुस्त भईरहेपनी सुनसरी शाखा सक्रिय रुपमा लागिरहेको भन्दै धन्यवाद दिए । 

    उनले अगामी दिनहरुमा रङ्गकर्मीहरुको कलम चलचित्रभित्र रहेका धेरै गतिबिधीहरुमा पनि चल्नु आवश्यकता रहेको  औल्याए । कार्यक्रममा नेपाल पत्रकार महासघ सुनसरीका सचिव भोला श्रेष्ठ, पत्रकार गोपाल कामतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहालले संचालन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३२ गतेको राशिफल

    आज असार ३२, २०८२ (जुलाई १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...