News Portal

  • मोरङको रंगेलीमा निःशुल्क पाठेघर सम्बन्धि स्वास्थ्य शिविर संचालन

    हिमालीसंचार संवाददाता
    २३० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

    महालक्ष्मि बिधालय दर्वेशामा भएको शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल, आचार्य टोल, चाईनागेट टोल लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति समेत रहेको थियो । 

    नगरले उपचारबाट बन्चित भएका विपन्न घर परिवारका महिलाहरुले आफ्नो रोग लुकाउने र अन्तिम समयमा मात्रै रोगको पहिचान हुने र महिलाहरुको आकालमै ज्यान जाने भएको हुदा रंगेलीले महिलाहरुका लागि पाठेघर सम्बन्धि शिविरको संचालन गरेको हो। नगरले महालक्ष्मी माध्यमिक बिधालय, वीरेन्द्र आधारभूत विद्यालय दोहमाना, गणेश माध्यमिक बिधालय चोप्राहा, जनता माध्यमिक विद्यालय आमतोला, प्रगति माध्यमिक विद्यालय दौलतपुरमा गरि ५ वटा बिधालयमा शिविर सुरु गरेको हो। 

    शिविरबाट पाठेघरका बिरामीहरु फेला परेका मध्ये शिविर भरिका ३० जना महिलाहरुलाई विराट नर्सिङ होमद्वारा निःशुल्क सल्यक्रिया गरिने र बाँकी बिरामीलाई नगरले रंगेली अस्पतालमा निःशुल्क उपचार समेत गरिने उप-प्रमुख भमा पराजुलीले बताईन। शिविरमा भिडियो एक्सरे, भियाई चेकजाँच गर्नुका साथै ३० प्रकारको निःशुल्क ओैषधी समेत बितरण गरिएको थियो। 

    विराट नर्सिङ होमको सहयोग तथा रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आगामी ७ गतेदेखि १२ गतेसम्म विभिन्न समयमा शिविर संचालन हुने भएको छ । कार्यक्रम उपमेयर भुमा पराजुली, वडा अध्यक्ष टंक आचार्य, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मंण्डल, स्थानीय महिला देवन्ता राजवंशी, बिधालयका प्रधानाध्यपक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...