News Portal

प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका डाक्टर सन्दिप भट्टराई पक्राउ

हिमालीसंचार संवाददाता
२८७ पटक

धनगढी। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो। डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दिएका थिए।

केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई भने प्रहरीले समातेको थिएन्। मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिवार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए।

घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारले माग गर्दै आएका थिए। भट्टराई साँझ साढे चार बजे प्रहरी नियन्त्रण आइसकेको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले जनाए।

केसी र भट्टराई विरुद्ध किटानी जाहेरी आएकाले दुबै जनालाई हिरासतमा राखेर कानूनअनुसार अनुसन्धान थालिने प्रहरी उपरीक्षक पालले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...