News Portal

मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी

हिमालीसंचार संवाददाता
५७२ पटक

बाँके। राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ। स्थानीयको आक्रमणबाट ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत र प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन्।

घटना विवरण अनुसार बाँकेको नेपालगन्जमा रहेको ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत सहकर्मी प्रहरीसँग ट्राफिक चेकिङमा थिए। नियमित चेकिङको क्रममा नेपालगन्ज नगरपालिका वडा नं १७ परस्पुरमा पुगेका उनीहरू करिब २ घण्टा त्यहाँ बिताइसकेका थिए।

उनीहरूको चेकजाँच सकिएर फर्किने तयारी गरी रहँदा स्थानीय मेराज सेख भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकलमा हेल्मेट नलगाई आउँदै थिए। अचानक प्रहरी चेकिङ देखेपछि मोटरसाइकल फर्काउँदै गरेका सेखले मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि सडकमै पल्टिए।

दुर्घटनामा परी घाइते भएका सेखलाई देखेपछि उद्धारका लागि गएको ट्राफिक प्रहरीले उठाउन नपाउँदै स्थानीयहरू आएर ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीमाथि जाईलागेको प्रहरी दाबी छ।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मान बहादुर ठगुन्नाले घाइतेलाई उठाउनै खोज्दा स्थानीयले ट्राफिक प्रहरीको चेकजाँचका कारण दुर्घटना भई घाइते भएको भन्दै आक्रोशित स्थानीयलाई सम्झाउनै प्रयत्न गर्दै गर्दा घर घरबाट निस्केका युवाहरूले हँसिया र बाँसका भाटा समेतले प्रहार गर्न थालेपछि घटना भएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...