News Portal

धरानमा सम्पन्न बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

हिमालीसंचार संवाददाता
४९४ पटक

बिकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बिबोइज र महिला तर्फ वरियर टिमले चुमेका छन् ।

धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाई १३-७ र वरियरले ग्लाडियटर टिमलाइ ६-२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन । बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न. वडाध्यक्ष विवेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी पुरुषतर्फ बिबोइजका शिवम सरराफ र महिलातर्फ वरियरका दिया कोयी राई घोषित भए । उनीहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।  धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित  प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ २ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा धरान बास्केटबल संघले बैशाख ९ गतेदेखि ३० गतेसम्म संचालन ट्यालेन्ट हन्टमा सहभागी बिद्यार्थीहरुले सहभागिता जनाएको थियो । उनीहरुको क्षमता अभिबृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जनाए । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला-पुरुष बास्केटबल खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुबेदीले जानकारी गराए । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...