News Portal

धरानमा सम्पन्न बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

हिमालीसंचार संवाददाता
४७५ पटक

बिकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बिबोइज र महिला तर्फ वरियर टिमले चुमेका छन् ।

धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाई १३-७ र वरियरले ग्लाडियटर टिमलाइ ६-२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन । बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न. वडाध्यक्ष विवेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी पुरुषतर्फ बिबोइजका शिवम सरराफ र महिलातर्फ वरियरका दिया कोयी राई घोषित भए । उनीहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।  धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित  प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ २ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा धरान बास्केटबल संघले बैशाख ९ गतेदेखि ३० गतेसम्म संचालन ट्यालेन्ट हन्टमा सहभागी बिद्यार्थीहरुले सहभागिता जनाएको थियो । उनीहरुको क्षमता अभिबृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जनाए । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला-पुरुष बास्केटबल खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुबेदीले जानकारी गराए । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...