News Portal

मेयर साम्पाङद्वारा खानोपानी बोर्डको आय-व्यय सार्वजनिक

हिमालीसंचार संवाददाता
२६६ पटक

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई “साम्पाङ”द्वारा आज शुक्रबार धरान खानेपानीको वोर्डको आयव्यय पहिलो पटक  सार्वजनिक गरेका छन्।

मेयर साम्पाङ धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेका मेयरले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ नगरको मेयरमा निर्वाचित भएपछि हालसम्मको खानेपानी बोर्डको सम्पूर्ण विवरण अर्थात आयव्यय पहिलो पटक सार्वजनिक गरेका हुन्।  

मेयर सामाङले पत्रकार सम्मलेनमा आयव्यय सार्वजनिक गर्दैं  आफुले धरान उपमहानगरपालिकामा कार्यभार ग्रहण गर्दा बैंक खानेपानी बोर्डको खातामा ४ करोड ४४ लाख ३४ हजार ३ सय ५६ रुपैयाँ रहेको जानकारी दिए।,‘मेरो कार्यकाल भरी वैशाख ३१ गतेसम्मको आयव्यय १ करोड ९४ लाख ४ हजार ८ सय २ रुपैया बचत छ, उनले भने।’

मेयर साम्पाङका अनुसार यस अघिका जनप्रतिनिधिले खानेपानीको बोर्डमा रकम ७ करोड रकम रहेको भनेर हल्ला गरिए पनि यथार्थ सो कुरा गलत भएको पनि पत्रकार सम्मेलनमा बताएका थिए। 

मेयर साम्पाङले पत्रकार सम्मेलनमा अघिल्लो आर्थिक वर्षमा २ महिनाको आय २ करोड १४ लाख ६८ हजार ६५३ रुपैया ६० पैसा र  व्ययतर्फ ३ करोड ८५ लाख ६९ हजार ९६८ रुपैया ४४ पैसा खर्च भएको समेत जानकारी दिए। 

त्यस्तै, खानेपानी बोर्डको हालको चालु आर्थिक वर्षको बैशाख ३१ गतेसम्म कुल आयतर्फ १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया ३६ पैसा रहेको र खर्चतर्फ १४ करोड १० हजार २११ रुपैया २० पैसा भएको प्रतिवेदनमा उल्लेख गरेका छन्।  अब, बोर्डको सदस्यहरुलाई बोलाएर परिचयात्मक कार्यक्रम सहित धरान खानेपानी बोर्ड व्यवस्थापन समिति चलायमान हुने समेत जानकारी दिएका थिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...