News Portal

मोरङको रंगेली नगरपालिकाले शिक्षकहरुलाई क्षमता विकासका लागि तालिम दियो

हिमालीसंचार संवाददाता
२८९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले नगर भित्रको सामुदायिक विद्यालयमा कार्यरत सबै बिषयका  शिक्षक, शिक्षिकाहरुका लागि क्षमता विकासका लागि तालिम सुरु गरिएको छ ।

नगरका सबै शिक्षकहरुलाई पालैपालो गरेर १० दिनसम्मको तालिम दिने व्यवस्था मिलाइएको छ । मानव अधिकार तथा वातावरण मञ्च (फरेन ) विराटनगरको प्राविधिक आयोजक तथा नगरपालिकाको सहयोगमा तालिम सुचारु गरिएको हो। शिक्षकलाई अस्पतालको सभाहल, रत्न माध्यमिक बिधालय र जनता क्याम्पसको भवनामा तालिमको सुरु गरेको हो । 

तालिम माध्यमिक तह, निम्नमाध्यमिक तह र प्राथमिक तहका शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको छ। नेपाल सरकारले स्थायी शिक्षकहरुलाई मात्र तालिमको व्यवस्था गर्दे आएको भएता पनि रंगेली नगरपालिकाले पनि अस्थायी  शिक्षकहरूलाई पनी तालिममा सहभागी गराएको हो।  गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएकाले अझै बिधार्थीहरुका लागि पठनपाठनमा सहयोग पुग्ने बिश्वास गर्दे तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न सबै शिक्षकहरुलाई आग्रह गरेको गरेका छन। 

नगरले सार्वजनिक विद्यालयहरूमा कार्यरत अस्थायी  शिक्षकहरूले तालिममा राखेकोमा खुसी व्यक्त समेत गरेका छन्। प्रदेशमै पहिलो पटक रंगेली नगरपालिकाले नगरका सबै शिक्षकहरुलाई समेटेर क्षमता विकास तालिम आयोजना गरेका हुन् । बिधालय व्यवस्थापन, अभिवावक र बिधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई समेत तालिमको व्यवस्था गरिएको  मेयर दिलीप बगडियाले हिमालीसंचारडटकमसंग बताए ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...