News Portal

  • मोरङको रंगेली अस्पतालमा आर्थिक अभावका कारण छट्पटिन्दै प्रमिला

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ६ स्थित पिपल चोकमा बसोबास गर्दे आईरहेका ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मृत्यको संधर्षमा छट्पटाई रहेकी छिन्।

    प्रमिलाको पेटमा पानी जम्ने समस्याबाट ग्रसित भएकी कारण अहिले रंगेली अस्पतालको शैयामा छट्पटी रहेकी छिन। उनको घरको आर्थिक अबस्था कम्जोर रहेका कारण उनको उपचार  हुन सकेको छैन। उनको दाहिने हात जन्मजातै नचल्ने छ। 

    उनले घरपरिवार जसोतसो चलाउदै आईरहेता पनि दुई महिनादेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले अस्पतालमा छट्पटी रहेकी छिन्। उनको श्रीमान गाउँ-घरमा मजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेका छन्।  आर्थिक अभावकै कारण उनी अहिले श्रीमतीलाई राम्रो ठाउँमा लगेर उपचार गराउन सकेका छैनन् । 

    प्रमिलाको १२ बर्ष, ९  बर्ष,  ६ बर्ष र १ बर्षका  ४ वटा छोरीहरु छन। उनीहरुको पालनपोषणका लागि उनका श्रीमान देवराजले छोरीहरुलाई अन्यत्र लगेर पालनपोषण गरि रहेता पनि श्रीमतीको रेखदेखका लागि उनको आमा रुखो देवीले गरिरहेकी छन। 

    प्रमिलाको बुबा मंगललाल ताजपुरीयाको केही बर्ष अगाडि नै मृत्यु भएपछि अहिले उनी आमा संगै वस्दै आएकी छन । अहिले आफ्नो छोरीको जीवन बचाईदिनका लागि सबैमा अनुरोध समेत गर्दे आईरहेकी छन । 

    उनको पेटबाट दैनिकी पानी निकाल्नु पर्ने भएको कारणले गर्दा उनलाई अस्पतालमै राखेर उपचार भईरहेता पनि रंगेली अस्पतालले अन्यत्र उपचारका लागि लैजान सुझाव दिएता पनि उनको आर्थिक अभाव र आफन्तहरुले अन्यत्र लगेर उपचार नगराउदा उनी रंगेली अस्पतालमै उपचार गराउन बाध्य रहेकी छन। रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निःशुल्क गरेता पनि उनको थप उपचारका लागि अन्यत्र लैजानु पर्ने अस्पतालका मेसु अरुण भट्टराईले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...