News Portal

मोरङको रंगेली अस्पतालमा आर्थिक अभावका कारण छट्पटिन्दै प्रमिला

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ६ स्थित पिपल चोकमा बसोबास गर्दे आईरहेका ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मृत्यको संधर्षमा छट्पटाई रहेकी छिन्।

प्रमिलाको पेटमा पानी जम्ने समस्याबाट ग्रसित भएकी कारण अहिले रंगेली अस्पतालको शैयामा छट्पटी रहेकी छिन। उनको घरको आर्थिक अबस्था कम्जोर रहेका कारण उनको उपचार  हुन सकेको छैन। उनको दाहिने हात जन्मजातै नचल्ने छ। 

उनले घरपरिवार जसोतसो चलाउदै आईरहेता पनि दुई महिनादेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले अस्पतालमा छट्पटी रहेकी छिन्। उनको श्रीमान गाउँ-घरमा मजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेका छन्।  आर्थिक अभावकै कारण उनी अहिले श्रीमतीलाई राम्रो ठाउँमा लगेर उपचार गराउन सकेका छैनन् । 

प्रमिलाको १२ बर्ष, ९  बर्ष,  ६ बर्ष र १ बर्षका  ४ वटा छोरीहरु छन। उनीहरुको पालनपोषणका लागि उनका श्रीमान देवराजले छोरीहरुलाई अन्यत्र लगेर पालनपोषण गरि रहेता पनि श्रीमतीको रेखदेखका लागि उनको आमा रुखो देवीले गरिरहेकी छन। 

प्रमिलाको बुबा मंगललाल ताजपुरीयाको केही बर्ष अगाडि नै मृत्यु भएपछि अहिले उनी आमा संगै वस्दै आएकी छन । अहिले आफ्नो छोरीको जीवन बचाईदिनका लागि सबैमा अनुरोध समेत गर्दे आईरहेकी छन । 

उनको पेटबाट दैनिकी पानी निकाल्नु पर्ने भएको कारणले गर्दा उनलाई अस्पतालमै राखेर उपचार भईरहेता पनि रंगेली अस्पतालले अन्यत्र उपचारका लागि लैजान सुझाव दिएता पनि उनको आर्थिक अभाव र आफन्तहरुले अन्यत्र लगेर उपचार नगराउदा उनी रंगेली अस्पतालमै उपचार गराउन बाध्य रहेकी छन। रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निःशुल्क गरेता पनि उनको थप उपचारका लागि अन्यत्र लैजानु पर्ने अस्पतालका मेसु अरुण भट्टराईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...