News Portal

धरानमा जारी ८औं बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

विकाश चाम्लिङ राई
४२० पटक

बिकास चाम्लिङ राई/धरान – धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज (शनिवार) समापन भएको छ ।

धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

२०७९ सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता रहेको थियो । 

ट्रेनिङमा सहभागि प्रशिक्षार्थीलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथी उप मेयर वेघा, बिशेष अतिथी धरान उपमहानगरपालिका सामाजिक बिकाश समिती संयोजक सृजना नेपाल लगायत अतिथीहरु सहितले प्रमाण पत्र र टि–सर्ट प्रदान गरेका छन । विद्यार्थी खेलाडिहरुका लागि धरान मेघा हिमालयन कलेजले टि सर्ट उपलब्ध गराएको आयोजकले जनाए । 

समापन कार्यक्रमलाई संवोधन गर्दै उप–मेयर वेघाले धरानको समग्र खेलकुदको विकास एकिकृत ढंगले नभएको भन्दै आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकिकृत ढंगले योजना वनाएर अघि वढ्नु पर्ने वताउनु भएको छ । उहाँले भन्नु भयो,‘खेलकुदको विधा र यसको क्षेत्राधिकार वृहत  छ,समग्र खेलको विकासमा सहयोग र न्यायचित व्यबहारले मात्रै धरानको खेलकुद क्षेत्र माथि उठ्न सक्छ। 

ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका  लागि सिफारिस गरिने राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले बताउनु भयो । उहाँका अनुसार एक हप्ताभित्र नै सहभागि खेलाडीहरु वीच प्रतियोगितात्मक खेल पनि खेलाइने भएको छ । 

समापन कार्यक्रममा १६ न. वडाका वडाध्यक्ष मुरारी भट्टराई , धरान मेघा कलेजका प्राचार्य भाष्करण पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकॠषि राई लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । 

हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रेनिङ क्याम्पका उत्कृष्ट  प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको छ । विद्यालयहरसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आइरहेको छ । 

हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा करिब एक हजार  विद्यार्थी खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालय र कलेजहरुमा  एक सय भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइसकेका छन् । 

सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ, आस्था राई, तनु राई, सितल तामाङ, एल्भिना गुरुङ, समीर राइ, चिरञ्जीवी गिरि लगायतले नियमित प्रशिक्षण दिएका थिए । संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ । 

राष्ट्रिय खेलाडी तथा १३औं सागको सिल्भर मेडल विजेता डा. आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, रबि बास्फोर, तनु राई, सीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, कबिन मगर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ । 

ट्यालेन्ट हन्ट क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

तस्वीर विकाश चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...