News Portal

मोरङको रंगेलीमा ४५ दिने ढाका जोन तालिम अन्तिम चरणमा

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल/धरान – “स्वदेशी उद्यम र उत्पादन दिगो, औद्यौगिक पुनरुत्थान गरौ” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकामा  ४५ दिने ढाका जोन तालिम संचालन गरिएको छ ।

रंगेली नगरपालिकाले नगर भित्रका बेरोजगारी महिलाहरुलाई सीप सिकाएर सबल उद्यमी बनाउने उदेश्यका साथ तालिम सुरु गरेको हो ।  नगरले बिभिन्न बर्गका महिलाहरुलाई लक्षित गर्दे  २० जना महिला तथा युवतीहरुले ढाका जोन तालिममा सहभागी भएका छन। 

तालिममा सहभागी रंगेली ८ बसपार्क की नेत्रकुमारी खत्री (राय) का अनुसार नगरले हामी महिलाहरुलाई घरको काम मात्रै नभएर केही सीप सिकाए र आत्मानिर्भर बनाउन खोजिरहेको आफुहरु अत्यन्तै खुशि भएको रायले बताईन् । नगरले हामीलाई ४५ दिन तालिम दिएको भएता पनि आफूहरुलाई पूरा कोर्ष सक्नका लागि ३ महिना वा ६ महिना सम्मको तालिम गराए हामीहरुलाई अझै राम्रो हुने रतना राजवंशीले बताईन ।  

अनुगमनका क्रममा उपमेयर भुमा पराजुलीका अनुसार महिलाहरुका लागि नगरले सिलाई कटिङ, व्युटिषन, बाख्रा पालन, ढाका जोन लगायत आधा दर्जन तालिम संचालनमा महिलाहरुलाई सहभागीता गराएको र धेरैले अहिले सीप सिकेर राम्रो आमदानी समेत गर्ने गरेको र आत्मानिर्भर बनाउन समेत सफल भएको पराजुलीले बताईन। 

तालिममा साडि, सल, टोपी लगायातका सामाग्री बनाउने काम  सुरु गरेको प्रक्षिक देवन्ता कटुवालले बताईन। रंगेली नगरपालिकाको साझेदारी तथा घरेलु तथा साना उद्योग कार्यालय मोरङ, विराटनगरको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...