News Portal

मोरङको सुनवर्षीमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई वडाकार्यालयद्वारा सम्मान

हिमालीसंचार संवाददाता
२९५ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको  सुनवर्षी नगरपालिका ५ स्थित टकुवामा रहेको वडा कार्यालयले उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

वडाले प्राथमिक तह र निम्नमाध्यमिक बिधालयका छात्र-छात्राहरुलाई बिधालयमा नियमित उपस्थित रहेका र जेहेन्दार  बिधार्थीहरुलाई सम्मान गरेको हो। वडाकार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जनता आधारभूत बिधालय नवागञ्ज, बिष्णु आधारभुत, राम जानकी आधारभुत, गुलेश्वरी आधरभुत र मदरसा महिसुदिप आधारभुत बिधालयहरुमा अध्यायन गर्ने १ कक्षादेखि ७ कक्षासम्मका ६० जना बालबालिकाहरुलाई पेन्सिल, कपि र व्याग वितरण गरेका थिए।  

विद्यालयको शैक्षिक उन्नति प्रगति तथा विकासका साथै अनुशासित, कर्तव्यनिष्ठ, नियमितता र विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान एवम् शिक्षण पेशालाई थप सबल बनाउन  पहल कदमीको मुल्याङ्कन गर्दै नियमित रुपमा उपस्थित र बिधालय राम्रो काम गरेका १२ जना  शिक्षक, शिक्षिकाहरुलाई  प्रमाणपत्र र दोसल्लाह ओढाएर सम्मानित समेत गरिएको थियो । 

सामुदायिक  बिधालयका बालबालिकाहरुलाई गर्मी समय सुरु भएपछि पठनपाठनमा समस्या परेको भन्दै वडा अध्यक्ष योगेश्वर ठाकुरले बिधालयलाई सिलिङ पङ्खा, टेवुल पङ्खा समेत वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रूद्रप्रसाद दुलालले भने बिधार्थी र शिक्षकहरुका लागि यसरी वडाले सम्मान गर्नु बालबालिकाहरुलाई हौसला बढाएको हुदा धन्यवाद समेत दिएका थिए ।      

वडा अध्यक्ष ठाकुरका अनुसार शिक्षाकहरुले आगामी दिनहरुमा अझै बिधालयका लागि राम्रो र अनुशासनमा रहेर काम गरेको आधार अनुसार थप सम्मानित गर्दे जाने ठाकुरले बताए । कार्यक्रममा वडासचिव भविन कार्की, वडासदस्य स्थानीय कमलेश्वर ठाकुर, बिधालयका प्रध्यानपक, शिक्षक, स्थानीय, बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...