News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साउदीमा किशोर बानियाँले शनिबार प्राण त्यागे, म्यानपावरले पठायो आइतबारको टिकट

    हिमालीसंचार संवाददाता
    ३५७ पटक

    काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल फर्काएन ।

    गएको शनिबार बानियाँले साउदी अरबमै आत्महत्या गरे, उनी मरिसकेको थाहा पाएर होला सायद, म्यानपावर कम्पनीले आइतबारको टिकट कादिदियो ।

    आफ्नो फाइदाका लागि नेपाली कामदारको ज्यानकै परबाह नगर्ने तपाईहरुको यस्तो धन्दामा कसैले प्रश्न उठाउँदैन ? भनेर हामीले वल्र्ड नेटका डिबी ग्याल्बोलाई सोधेका छौं । उनले भने – राज्यकै नीति ठिक छैन । यसकारण यो दोष हाम्रो होइन सरकारको हो । हेरौं यो दुःखद सन्दर्भ ।

    दोलखाका ३५ वर्षीय किशोर बानियाँ साउदी अरबमा विरामी थिए । नेपाल फर्काइदिन उनले बारम्बार आफूलाई पठाउने म्यान पावर कम्पनीलाई आग्रह पनि गरे । तर उनको याचना सम्बन्धित कम्पनीले सुनेन । अन्ततः उनले हार खाए । मानसिक रुपमा विक्षिप्त किशोरले उपचार पाएको भए सम्भवतः निको पनि हुन्थे होलान् । तर उनले चार दिन अघि आफैंले आफ्नो ज्यान लिए ।

    आफ्ना एक गाउँलेलाई मृत्युकालिक अडियो पठाउँदै म्यानपावर कम्पनीले आफूलाई समयमै नफर्काइदिएका कारण सबै कुराहरु बिग्रेको बताएका छन् ।

    किशोरले गत शनिबार राति अडियो सन्देश पठाउँदै आफ्नो प्राण त्यागे । काठमाडौको चप्पल कारखानास्थित वल्र्ड नेट म्यानपावरले उनलाई साउदी अरब पठाएको थियो । सो म्यानवापरसँग किशोरले घर फर्काइदिन पटक पटक हारगुहार गरे । तर उनलाई फिर्ता ल्याइएन ।

    मृतकका परिवारका सदस्यले समेत वल्र्ड नेटलाई यस्तै आग्रह गरे । म्यानपावरले बारम्बार झुठो आश्वासन दिइरह्यो । तर किशोरलाई फिर्ता ल्याएन । यो शृङ्खला ६ महिनादेखि चलिरहेको थियो । जब सोमबार परिवारका अन्य सदस्य घर फर्कादिन भन्दै पुन: म्यानपावर कम्पनीमा पुगे । म्यानपवार सञ्चालकहरुको जवाफ सुनेर उनीहरु होस् न हवास् भए ।

    म्यानपावर कम्पनी किशोरको मत्यु कुरेर बसेको थियो ?

    किशोर यो भन्दा पहिले ३ पटक विदेश गइसकेका थिए । उनको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । २०७८ पुषमा तेस्रो पटक साउदी उडे ।

    म्यानपावरले पेन्टिङ गर्नुपर्ने कामका लागि भनेर पठाएपनि सप्लायर्स कम्पनीमा काम लगायो । नसक्ने काम गर्नु परेपछि उनी विरामी परे ।

    हातखुट्टामा समस्या, ढाडमा समस्या देखिएको भन्दै उनले घर फर्काइदिन आग्रह गरेका थिए । म्यानपावरमा राखेको समस्या सुनुवाई नभएपछि उनले आफ्नो परिवारसँग घर फर्काउन पहल गर्न आग्रह गरे ।

    ४ महिनाअघि परिवारका सदस्यले म्यानपवारमा आएर समस्या सुनाए । त्यतिबेला बुझेर फर्काइदिने आश्वासन दिइएपछि उनीहरु घर फर्किए ।

    तर, किशोर नेपाल फर्किएनन् । उता साउदीमा किशोरको अवस्था बिग्रीदै गयो । पटक पटक झूटो आश्वासन मात्रै म्यानपावरले दिइरह्यो । विरामी अवस्थामा औषधि होइन कम्पनीले चरम यातना दिएर श्रम शोषण गरीरह्यो ।

    १७ वैशाखमा परिवारका सदस्यले साउदीमा विदेशी कामदारले लिनुपर्ने अकमा अर्थात अनुमति पत्रका लागि चाहिँने १ लाख ३ हजार ५ सय रुपैयाँ पनि पठाएका थिए ।

    किशोरलाई फर्काइदिन बारम्बार आग्रह गर्दा पनि काठमाडौंमा म्यानपावरले सुनेन । मृतक परिवारको भनाइ अनुसार किशोरले आत्महत्या शरिनबार गरे, आइतबारको टिकट कम्पनीले काटिदियो । अर्थात किशोरको ज्यान गइसकेपछि म्यानपावर कम्पनीले टिकट कादिदिएको थियो ।

    यता, म्यानपावर कम्पनी भने आफ्नो अपराध राज्यको काँधमा थोपरेर उम्किने गरी जवाफ दिइरहेको छ । राज्यले केही समस्या समाधान नगरिदिएका कारण बिरामीलाई नेपाल फर्काउन नसकेको जस्तो गैर जिम्मेवार जवाफ कम्पनीका सञ्चालक डीबी ग्याल्पोले दिएका छन् ।

    कामदार विरामी पर्दा नेपाल फर्काउने दायित्व म्यानपावर कम्पनीकै हुन्थ्यो । तर, किशोर विरामी परेर नेपाल फर्किन पाएनन । चरम यातना झेल्न नसकेर एक नेपालीले आत्महत्याको बाटो रोजे । मृतकका दुई नाबालिग छोरी र श्रीमती छन् । धनकुटाखबरबाट।

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...